अत्तरिया । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) कैलालीको १४ औं जिल्ला सम्मेलन सम्पन्न भएको छ । शनिबार अत्तरियाको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा सम्पन्न सम्मेलनले नयाँ नेतृत्व चयन गरेको छ ।
सम्मेलनबाट जनक आचार्यको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समितिको चयन भएको छ । समितिको उपाध्यक्षमा राजकुमार राना, सचिव गणेश योगी, सह सचिव सृजना परियार र कोषाध्यक्षमा सरस्वती सापकोटा चयन भएको अखिल (छैठौं) का पूर्व केन्द्रीय उपाध्यक्ष लक्षीराम आचार्यले जानकारी दिनुभएको छ ।
समितिको सचिवालय सदस्यमा लेखराज आचार्य र बेद जोशी तथा सदस्यहरुमा राजेश सापकोटा, इन्द्र कंडेल, कमल साउद, सुरज चौधरी, भक्तराज धमला, मनिस भट्ट, पबित्रा बडु, कैलाश बिक, भुवन अवस्थी, मिना बिक, धर्मराज ओझा, नवीन बोगटी, सुरेन्द्र धामी, प्रेम आचार्य, इन्द्र साउद र लक्ष्मण परियार चयन हुनुभएको छ ।

सम्मेलनको उद्घाटन अखिल (छैठौं) का महासचिव महेशराज जोशीले गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य मनोज भट्ट, अर्का केन्द्रीय सदस्य नन्दराज भट्ट, तराई मधेश जनवादी मोर्चाका महासचिव राजाराम चौधरी, नेकपा (मसाल) कैलालीका प्रवक्ता मिलन शाही, अखिल (छैठौं)का पूर्व केन्द्रीय उपाध्यक्ष लक्षीराम आचार्य, ट्रेड युनियन महासंघका सुदूरपश्चिम संयोजक जनक कुवँर, रक्तिम सांस्कृतिक अभियानका सुदूरपश्चिम सहसंयोजक ललित चन्दलगायत नेताहरुको आतिथ्यता रहेको थियो ।
अखिल (छैठौं) का जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हेमराज भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन सामारोहको सञ्चालन अर्का केन्द्रीय सदस्य एकेन्द्र कँडेलले गर्नुभएको थियो । कार्यक्रममा रक्तिमका कलाकारहरुले विभिन्न जनवादी सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।