नवलपुर । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले आगामी चैत पहिलो हप्ता सञ्चालन गर्न लागेको संघीयता विरुद्ध काठमाडौं केन्द्रित आन्दोलन सफल पार्न नवलपुरमा ब्यापक तयारी भइरहेको संगठनले जनाएको छ । त्यसक्रममा हुप्सेकोट गाउँपालिका, गैंडाकोट र कावासोती नगरपालिकामा भेलाहरु सम्पन्न भएका छन् ।
हुप्सेकोट गाउँपालिकामा सम्पन्न भेलाले सर्मिला नेपालीको अध्यक्षतामा १६ सदस्यीय समिति चयन गरेको छ । जसको उपाध्यक्षमा सुमन बुढा मगर, सचिव स्मृति गुरुङ, कोषाध्यक्ष इन्द्रबती पान्डे र सह सचिवमा शारिका मल्ल तथा सदस्यहरुमा सबिता तामाङ, भुमा थापा, दुर्गा महोतो, सपना राना, सुमन गिरि, निरु महतो, सुन्दर पुन, राहुल थापा, बिनिता गुरुङ, सोनु गुरुङ र सोयता गुरुङ रहनु भएको छ ।
संघीया विरुद्ध काठमाडौं मार्च तयारीकै क्रममा पालिकास्तरीय भेला कावासेती नगरपालिकामा पनि सम्पन्न भएको छ । भेलाले पुनम घिमिरेको अध्यक्षतामा १४ सदस्यीय समिति चयन गरेको छ ।
जसको उपाध्यक्षमा अप्राजिता केसी, सचिव दीक्षा अधिकारी, सह सचिव सुजितान्यौपाने र कोषाध्यक्षमा आकर्षण केसी चयन हुनुभएको छ । सदस्यहरुमा रक्षा अधिकारी, रचना अधिकारी, रसिला अधिकारी, अप्सरा केसी, दिसान्त अधिकारी, आयुस्का लम्साल, प्रज्वल मल्ल र निस्चल गिरि रहनु भएको छ ।
यस्तै, गैंडाकोटको वार्ड न. ६ र ७ मा पनि प्रशिक्षणसहित समिति निर्माण भएको छ । जसको अध्यक्षमा सुनिल परियार, उपाध्यक्ष प्रदिप सापकोटा, सचिव सुजन पौडेल सहसचिव युवराज सापकोटा र कोषाध्यक्षमा कमल सापकोटा लगायत सदस्हरु रहनुभएको छ ।
भेलामा उपस्थित विद्यार्थीहरुलाई अखिल (छैठौं) का केन्द्रीय उपाध्यक्ष गणेश अधिकारीले प्रशिक्षण गर्नु भएकोे थियो ।