दिनेश रैदास, दाङ ।
अखिल (छैठौं) दाङले माघ मसान्तसम्म जिल्लाव्यापी सङ्गठनात्मक अभियान सञ्चालन गर्ने भएको छ ।
२०७९ पुस ९ गते लमहीमा बसेको अखिल (छैठौं) जिल्ला समितिको बैठकले सो निर्णय गरेको हो ।
बैठकबाट पुस १७ गतेदेखि माघ मसान्तसम्म जिल्लाव्यापी सङ्गठन निर्माण अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला अध्यक्ष सरिता पुनमगरले जानकारी दिनुभयो ।
“वैज्ञानिक र जनवादी शिक्षाप्राप्ति हाम्रो अभियान : सर्वसुलभ र जनमुखी शिक्षाका लागि जुझारु सङ्गठन निर्माण” भन्ने नारासहित पुस १७ गते श्रीगुरु जजुर नमूना मावि रक्षाचौर
तुलसीपुरबाट सङ्गठन निर्माण अभियान सुरु गरी दाङको दसओटै पालिकाका विद्यालय तथा क्याम्पसमा सङ्गठन निर्माण गर्ने योजना रहेको जिल्ला समितिले जनाएको छ ।
जिल्लाव्यापी उक्त सङ्गठन अभियानमा सरिता पुनमगर, त्रिशन केसी, दिनेश रैदास, निर्मला खनाल, सुनिता आचार्य र कुशल उपाध्यायलगायतले अभियानको नेतृत्व गर्ने बताइएको छ ।
त्यस्तै, आगामी माघ २० र २१ गते अखिल (छैठौं) ले घोराहीमा जिल्लास्तरीय प्रशिक्षण गर्ने भएको छ ।





