• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

‘युक्रेन युद्धले साम्राज्यवादी संकट चुलियो, तेस्रो विश्वयुद्धको खतरा’


  •   बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
  • काठमाडौं । क्रान्तिकारी पार्टी र संगठनको अन्तर्राष्ट्रिय कोर्डिनेसन (आईसीओआर) ले युक्रेन युद्धका कारण विश्व साम्राज्यवादी संरचनात्मक पद्धतीलाई संकटग्रस्त बनाएको ठहर गरेको छ । साम्राज्यवाद र फासिवादमाथिको संकटले समाजवाद स्थापनाको आधार खडा गर्नसक्ने आईओआरले जनाएको छ ।

    Advertisement

    नेपाल कम्युनिष्ट पार्टी (मसाल) को निमन्त्रणामा हालै काठमाडौं आएकी आइकोर संयोजक मोनिका गार्टनरले युक्रेन–रसिया युद्धले गुणात्मक छलाङ मारेको बताउनुभयो । यसले विश्व साम्राज्यवादमाथि आर्थिक, राजनीतिक, सैनिकलगायतका संकट उत्पन्न गरेको भन्दै युद्धले समग्र मानव जातीका लागिसमेत नयाँ नयाँ संकट खडा गरेको बताउनुभयो ।

    नेकपा (मसाल) ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) की नेत्री गार्टनरले भन्नुभयो, ‘अहिलेको संकटको मुख्य विन्दु युक्रेन युद्ध हो । यसले साम्राज्यवादी संरचनात्मक पद्धतीमा ब्यापक संकट ल्याएको छ । परम्परागत साम्राज्यवादी शक्तिहरुमा यसले राजनैतिक, आर्थिक, सैनिक संकट बढाएको छ । साथसाथै, आर्थिक, वित्तिय उपनिवेशवादी परनिर्भरता, भोकमरी, महंगी, वातावरणी विनाश, शरणार्थी समस्या जस्ता संकटहरु पनि निम्त्याएको छ ।’

    साम्राज्यवादी स्थायित्व अब युक्रेन युद्धपछि अस्थायित्व बनेको उहाँले बताउनुभयो । यसले मुलतः दुईवटा विकल्प तेस्रो विश्वयुद्ध वा समाजवादी क्रान्ति ल्याउने गार्टनरको भनाई छ ।

    ‘युक्रेन युद्ध अगाडि बढ्दै गए तेस्रो विश्वयुद्ध हुन पनि सक्छ । तेस्रो विश्वयुद्ध हुने अवस्थामा आणविक हतियार प्रयोगका कारण मानव जातीकै अस्तित्व संकटमा पर्न सक्छ’ आईसीओर संयोजक गार्टनरले भन्नुभयो, अथवा साम्राज्यवादी अन्तरविरोध बढ्दै जाँदा जनताको प्रतिकारबाट समाजवादी क्रान्ति हुन सक्छ । यस्तो अवस्थामा मार्क्सवादी लेनिनवादीहरुले मजदुर वर्गलाई अझ बढी क्रान्तिमुखी बनाउनुपर्छ ।’

    गार्टनरले अमेरिकाले नाटो (सैनिक संगठन)को नेतृत्व गरिरहेको र यो नै विश्व शान्ति खलल पुर्याउने मुख्य नाइके भएको बताउनुभयो । साथै, रसियाले युक्रेनको आत्मनिर्णयको अधिकार र शान्ति भंग गरिरहेको आरोप पनि लगाउनु भयो ।

    विश्वभरको मार्क्सवादी लेनिनवादी संगठनहरुलाई कुनै पनि युद्धरत पक्षको साथ नदिन आह्वान गर्नुभयो ।

    ‘यदी युद्धरत कुनै पनि पक्षलाई समर्थन गर्छौं भने त्यो सामाजिक धोका हुन जान्छ’ उहाँले भन्नुभयो, ‘वर्गीय एकता बलियो बनाएर, अन्तर्राष्ट्रिय सर्वहारा वर्ग जो हाम्रो हतियार पनि हो, त्यो हतियारद्वारा साम्राज्यवादविरुद्धको संघर्षलाई अघि बढाउनुपर्छ ।’

    उहाँले आईसीओरले युक्रेन युद्ध तत्काल रोक्न माग गरेको बताउनुभयो । रसिया र युक्रेनको सिमा क्षेत्रलाई असैनिक क्षेत्र घोषणा गर्न तथा युक्रेनमाथि भएको क्षतिको रसियाले क्षतिपुर्ती भर्नुपर्ने र अमेरिकाले नाटोलगायत सैनिक संगठन विघटन गर्नुपर्ने बताउनुभयो ।

    साथै, साम्राज्यवादी युद्धका कारण विश्वभर मानवजातीमाथि परेका आर्थिक, सामाजिक, सांस्कृतिक संकट एवम् वातावरणीय विनासविरुद्ध विश्वभरका मजदुरलाई आवाज उठाउन आह्वान पनि गर्नुभयो ।

    आईकोरको पछिल्लो गतिविधिबारे जानकारी दिँदै संयोजक गार्टनरले साम्राज्यवादी–फासिवादी मोर्चा ‘युनाइटेड फ्रन्ट’ ले महत्वपूर्ण प्रयासहरु गरिरहेको बताउनुभयो । उहाँका अनुसार हालै सो संगठनले एक अन्तर्राष्ट्रिय वेविनार आयोजना गरेको थियो, जसमा २० देशका १०० बढी प्रतिनिधिहरु सहभागि थिए । पछिल्लो समयमा आईकोरप्रति विश्वका विभिन्न मुलुकबाट चासो बढिरहेको पनि उहाँले जानकारी दिनुभयो । यसै सन्दर्भमा आगामी सेप्टेम्बर ५ र ६ तारिखमा पेरिसमा विश्व साम्राज्यवाद तथा फासिवादविरुद्ध अन्तर्राष्ट्रिय सम्मेलन हुने र त्यो भन्दा अघि आउँदो जनवरीमा मजदुरहरुको एउटा कार्यक्रम पनि आयोजना गरिएको उहाँले बताउनुभयो ।

    गार्टनरले सडेगलेको साम्राज्यवादलाई प्रतिस्थापन गर्न आइकोरले विश्वभरका समाजवादी संगठनहरुबीच संयोजनको प्रयास गरिरहेको भन्दै नेपालमा नेकपा (मसाल) ले खेलेको भूमिकाको प्रशंसा पनि गर्नुभयो । नेकपा (मसाल) आइकोरको सदस्य संगठन हो ।

    नेपाल आएका जर्मन कम्युनिष्ट पार्टी (एमएलपीडी) का नेताहरुलाई नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले स्वागत गर्नुभएको थियो ।

    काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी लगायत मसाल सम्बद्ध विभिन्न जनवर्गीय संगठनका नेता कार्यकर्ताकाहरुको सहभागिता रहेको थियो । अखिल नेपाल बुद्धिजीवी संगठनका अध्यक्ष प्रा.डा. श्रीधर गौतमले भाषा अनुवाद गर्नुभएको कार्यक्रममा सहभागीहरुका विभिन्न जिज्ञासाबारे आइसीओर संयोजक गार्टनरले स्पष्ट पार्नुभएको थियो ।

    नेकपा (मसाल) को राजनीतिबाट धेरै नै प्रभावित छु

    आइकोरको चौथो अन्तर्राष्ट्रिय सम्मेलन सम्पन्न

    जर्मन कम्युनिष्ट पार्टी एमएलपीडीद्वारा मसाल महामन्त्री सिंहको स्वास्थ्य लाभको कामना

    बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.