• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्नुहुँदैन : महामन्त्री मोहनविक्रम सिंह


  •   बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंहले गैरराजनीतिक व्यक्ति राष्ट्रपति बन्न नहुने बताउनुभएको छ । युगदर्शनलाई प्रतिक्रिया दिँदै उहाँले यस्तो अवधारणा व्यक्त गर्नुभएको हो ।

    Advertisement

    सामान्यत: प्रधानमन्त्री वा राष्ट्रपति को बन्छ भन्ने विषय नेकपा (मसाल) को सरोकारको विषय नभएको बताउँदै उहाँले गैरराजनीतिक व्यक्ति राष्ट्रपति हुन नहुने तर्क गर्नुभयो ।
    उहाँको भनाइ छ : गैरराजनीतिक व्यक्तिको स्पष्ट राजनीतिक दृष्टिकोण हुँदैन । यस्ता व्यक्तिलाई कसैले पनि उपयोग गर्न सक्दछन् ।

    वरिष्ठ कम्युनिस्ट नेता सिंहले राष्ट्रपति वा प्रधानमन्त्री को बन्छ भन्ने विषय सामान्यत: आफूहरूको सरोकारको विषय नभएको बताउनुभयो । उहाँले आफ्नो पार्टी खालि प्रतिगमन विरोधी गठबन्धनको निरन्तरताको पक्षमा रहेको भनाइ राख्नुभयो ।

    ‘प्रधानमन्त्री वा राष्ट्रपति को बन्छ ? त्यो हाम्रो सरोकारको विषय होइन’ उहाँले भन्नुभयो– ‘आगामी सरकार गठबन्धनकै बनोस् । सोहीअनुसार राष्ट्रपति वा प्रधानमन्त्री बनुन् । हामी यत्ति चाहान्छौँ, व्यक्तिबारे हाम्रो सरोकार रहँदैन ।’

    ‘तर उहाँले गैरराजनीतिक व्यक्ति राष्ट्रपति नहोस् । यस विषयमा हामी गम्भीर छौँ’ महामन्त्री सिंहको भनाइ थियो ।

    ‘राजनीतिक पृष्ठभूमि भएको व्यक्तिको स्पष्ट राजनीतिक दृष्टिकोण हुन्छ’ यस सन्दर्भमा उहाँले भन्नुभयो– ‘तर गैरराजनीतिक व्यक्तिको राजनीतिक दृष्टिकोण हुँदैन । त्यसैले उनीहरूलाई कसैले पनि उपयोग गर्न सक्दछन् ।’

    उहाँले गठबन्धनले पनि गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउन नहुने तर्क राख्नुभयो ।

    प्रतिगमनको खतरा यथावत
    ‘प्रतिगमनको खतरा अहिले पनि गम्भीर रूपमा विद्यमान छ’ उहाँले भन्नुभयो– ‘त्यो खतराको सामना गर्न प्रतिगमनको विरोधमा कायम भएको पाँचदलीय गठबन्धन यथावतै राख्नुपर्ने आवश्यकता छ ।’

    ‘गठबन्धनले प्रतिगमनलाई मुख्य रूपमा पराजित गरेको भए पनि त्यसलाई पूर्ण बहुमत प्राप्त भएको छैन’ उहाँले भन्नुभयो– ‘गठबन्धनलाई बहुमत प्राप्त नभएको यो अवस्थाको फाइदा प्रतिगमनले उठाउन सक्छ । त्यसो भयो भने प्रतिगमन विरोधी सहकार्यको परिणामस्वरू प्राप्त उपलब्धिसमेत गुम्न सक्छ ।’

    उहाँले भन्नुभयो– ‘प्राप्त उपलब्धिको रक्षा अर्थात् लोकतन्त्र, गणतन्त्र र धर्म निरपेक्षताको रक्षाका लागि पाँचदलीय गठबन्धनको निरन्तरता अहिले पनि आवश्यक छ ।’

    अहिलेको प्रतिगमन गम्भीर
    महामन्त्री सिंहले केपी शर्मा ओलीको नेतृत्वमा २०७७ पुस ५ गते भएको प्रतिगमन यसभन्दा अघिका भन्दा गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो । अहिलेको प्रतिगमनका पछाडि विदेशी शक्तिकेन्द्रको समेत समर्थन रहेको तथ्य प्रस्तुत गर्दै उहाँले यस्तो दाबी गर्नुभयो ।

    ‘२०१७ सालमा प्रतिगमन भयो, त्यति बेला भारतले त्यसको विरोध गरेको थियो, २०५९ सालमा फेरि प्रतिगमन भयो, त्यसको पनि भारतले विरोध गरेको थियो’ उहाँले भन्नुभयो– ‘यसपटक ओलीको नेतृत्वमा भएको प्रतिगमनमा भारतको समर्थन रहेको छ ।’

    महामन्त्री सिंहले भारतीय जासुसी संस्था रअप्रमुख सामन्त गोयलसितको गोप्य भेटघाटपछि ओलीले संसद् विघटन गरेको तथा तत्कालीन नेकपाको आन्तरिक एकतालाई भङ्ग गरेको स्मरण गर्नुभयो ।

    ‘यसरी ओलीले भारतीय साम्राज्यवादसितको सल्लाहमा नै संसद् विघटन गरेका थिए अर्थात् ओली नेपालको लोकतन्त्र र धर्म निरपेक्षताको विरुद्धमा गएको देखिन्छ’ उहाँको भनाइ थियो ।

    एमालेसहितको सरकार नबनोस्
    महामन्त्री सिंहले आगामी सरकार एमालेबिनाको बन्नुपर्नेमा जोड दिनुभयो । प्रतिगामी खतरा अहिले पनि रहेको बताउँदै उहाँले एमालेसहितको सरकार बन्दा प्रतिगमनलाई नै बल पुग्ने विश्वास राख्नुभयो ।

    ‘हामीले गठबन्धनले नै प्रतिगमनलाई पराजित गरेकाले त्यसकै सरकार बन्नुपर्दछ भन्दै आएका छौँ’ उहाँले भन्नुभयो– ‘त्यसका विपरीत यदि काङ्ग्रेस वा माओवादी केन्द्रले एमालेसित सरकार बनाउँछन् भने त्यसले प्रतिगमनलाई नै मदत पुर्‍याउने छ ।’ उहाँले यस खालको राजनीति गर्न नहुने आवश्यकतामा जोड दिनुभयो ।

    नेता सिंहले भन्नुभयो– ‘यदि काङ्ग्रेस वा माओवादी केन्द्र कसैले एमालेसित मिलेर आगामी सरकार गठन गर्दछन् भने त्यसप्रति हाम्रो पार्टीको समर्थन रहँदैन ।’

    प्रतिगमन पराजित
    महामन्त्री सिंहले मङ्सिर ४ गतेको निर्वाचनले मुख्य रूपमा प्रतिगमनलाई पराजित गरेको बताउनुभयो ।

    ‘मङ्सिर ४ गतेको चुनावले प्रतिगमनलाई मुख्य रूपमा पराजित गरेको छ’ उहाँले भन्नुभयो– ‘नेपाली जनताले प्रतिगमनको विरुद्धमा जनादेश दिएका छन् ।’

    चुनावअघि सम्म एमाले अध्यक्ष ओलीले दुईतिहाइ वा पूर्ण बहुमतको कुरा गरेको सन्दर्भ जोड्दै उहाँले भन्नुभयो– ‘एमालेले चुनावमार्फत दुईतिहाइ वा पूर्ण बहुमतको दाबी गरेको थियो तर चुनावमा त्यस्तो हुन सकेन । नेपाली जनताले प्रतिगमनको विरुद्धमा पाँचदलीय गठबन्धनलाई मत दिए । त्यही कारणले गर्दा एमालेले सामान्य बहुमत पनि पाउन सकेन ।’

    ‘तर त्यसको अर्थ गठबन्धनभित्र कमजोरी थिएन भन्ने होइन’ उहाँले चुनावमा गठबन्धनलाई अपेक्षित सफलता प्राप्त नभएकोबारेमा दृष्टिकोण प्रस्तुत गर्नुभयो ।

    उहाँले भन्नुभयो– ‘नेपाली जनताले प्रतिगमनको विरुद्धमा जनमत दिएकै हुन् । फेरि पनि गठबन्धनले पूर्ण बहुमत प्राप्त गर्न नसक्नुका पछाडि आन्तरिक कमजोरी नै जिम्मेवार छ अर्थात् गठबन्धनभित्रकै अन्तरविरोध र अन्तरघात जिम्मेवार छ ।’

    नेकाभित्रको प्रतिपक्ष जिम्मेवार
    महामन्त्री सिंहले अहिले सिर्जना हुन थालेको राजनीतिक अस्थिरताका पछाडि नेपाली काङ्ग्रेसभित्रको प्रतिपक्षलाई जिम्मेवार बताउनुभयो ।

    ‘नेपाली काङ्ग्रेसभित्रको प्रतिपक्ष सुरुदेखि नै कम्युनिस्टसँग सहकार्य नगर्ने पक्षमा थियो’ उहाँले भन्नुभयो– ‘त्यो प्रस्ताव उनीहरूले केन्द्रीय समितिमा लगेका थिए तर त्यो प्रस्ताव पारित भएन ।’

    नेकाको बैठकमा उक्त प्रस्ताव पारित नभएपछि उनीहरूले चुनावमा अन्तरघात गरेको महामन्त्री सिंहको भनाइ थियो । ‘बैठकमा उक्त प्रस्ताव पारित नभएपछि उनीहरू चुनावमा अन्तरघात गरे’ उहाँको निष्कर्ष थियो ।

    मङ्सिर ४ गतेको चुनावमा नेकाभित्रको प्रतिपक्षले करिब २० जति सिटमा अन्तरघात गरेको उहाँले बताउनुभयो । ‘नेकाभित्रको प्रतिपक्षले संस्थापन पक्षका करिब २० जनालाई चुनावमा हराए’ उहाँले भन्नुभयो– ‘त्यही कारणले गर्दा अहिले नयाँ सरकारका लागि बहुमत प्राप्त गर्न कठिन भइरहेको छ ।’

    यस सन्दर्भमा नेकाभित्रको प्रतिपक्षले काङ्ग्रेसको नेतृत्व नै हत्याउन खोजेको पनि उहाँले दाबी गर्नुभयो । त्यसरी उनीहरूले आफ्नो गुटबाट प्रधानमन्त्री बनाउन खोजेको उहाँको भनाइ थियो ।

    महामन्त्री सिंहले आफ्नो समूहका धेरैभन्दा धेरै सांसद बनेमा प्रधानमन्त्री बनाउन सकिने उद्देश्यका साथ काङ्ग्रेसभित्रको प्रतिपक्षले अन्तरघात गरेको बताउनुभयो ।

    ‘आफ्नो पक्षबाट प्रधानमन्त्री बनोस् भन्ने उद्देश्य पूरा गर्नका लागि उनीहरूले चुनावमा अन्तरघात गरे’ उहाँले भन्नुभयो– ‘त्यस क्रममा उनीहरूले संस्थापन पक्षका धेरैभन्दा धेरै उम्मेदवारलाई हराउनुपर्दथ्यो, उनीहरूले त्यही गरे ।’

    उहाँले ठोकुवा गर्नुभयो– ‘नेपाली काङ्ग्रेसभित्रको यो प्रतिपक्षको अन्तरघातकै कारण चुनावमा गठबन्धनलाई बहुमत प्राप्त भएन । फलस्वरूप यतिखेर सरकार निर्माणका लागि अस्वस्थ स्थिति उत्पन्न हुने सम्भावना देखा परेको छ ।’

    माओवादी केन्द्रको पनि समस्या
    मसालका महामन्त्री सिंहले चुनावको नेकपा (माओवादी केन्द्र) को पनि गम्भीर कमजोरी रहेको औल्याउनुभयो । ‘चुनावमा माओवादी केन्द्रको पनि समस्या देखियो’ उहाँले भन्नुभयो– ‘तर त्यो समस्या स्थानीय प्रकृतिको थियो ।’

    महामन्त्री सिंहका अनुसार माओवादी केन्द्रको केन्द्रीय समितिले पाँचदलीय गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्न पूरै कोसिस गरेको थियो तर स्थानीय समितिहरूले त्यसको स्प्रिटलाई पक्रन सकेनन् ।

    ‘माओवादी केन्द्रका स्थानीय समितिले केन्द्रको निर्देशनलाई इमानदारितापूर्वक पालना गर्न सकेनन्’ प्युठानमा माओवादी केन्द्रका प्रदेशसभाका उम्मेदवारको पराजयतर्फ सङ्केत गर्दै उहाँले भन्नुभयो– ‘फलस्वरूप गठबन्धनको साझा उम्मेदवारको रूपमा माओवादी केन्द्रकै उम्मेदवारले पराजय ब्यहोर्नुपर्‍यो ।’

    कम्युनिस्ट आन्दोलनका वरिष्ठ नेता सिंहले माओवादी केन्द्रको उपर्युक्त कमजोरी काङ््ग्रेसको तुलनामा कम गम्भीर रहेको बताउनुभयो । ‘माओवादी केन्द्रको कारणले पनि कतिपय गठबन्धन उम्मेदवारको पराजय भएको सत्य हो’ उहाँले अगाडि भन्नुभयो– ‘तर उनीहरूको गल्ती नेपाली काङ्ग्रेसको प्रतिपक्षको जस्तो थिएन ।’

    चुनावमा विदेशी घुसपैठ
    महामन्त्री सिंहले मङ्सिर ४ गतेको चुनावमा विदेशी शक्तिकेन्द्रको घुसपैठ भएको बताउनुभयो । उहाँले खासगरी भारत र अमेरिकाले चुनावमा घुसपैठ गरेको बताउनुभयो ।

    ‘भारतले चुनावमा प्रतिगमन पक्षधर दलहरूलाई जिताउन भूमिका खेल्यो’ उहाँले भन्नुभयो– ‘यो कुनै लुकेको कुरा होइन, भारतीय साम्राज्यवादले ओली पक्षलाई समर्थन गरिरहेको थियो ।’

    उहाँले नेपालको राजनीतिमा भारतको यस खालको भूमिका नौलो नभएको बताउनुभयो । गत कालमा पनि नेपालको राजनीति र प्रशासनमा हस्तक्षेप गर्ने यस खालको भूमिका रहिरहेकै बेला अहिले ओली पक्षलाई सघाइएको उहाँको दाबी थियो ।

    मसालका महामन्त्री सिंहले अहिलेको चुनावमा अमेरिकी घुसपैठ उल्लेखनीय रहेको बताउनुभयो ।

    ‘अहिलेको चुनावको नयाँ विषय अमेरिकाको घुसपैठ हो’ उहाँले भन्नुभयो– ‘अमेरिकाको फ्रिडम पार्टी जस्तै नेपालमा पनि कथित स्वतन्त्रको नामबाट पार्टी खोलियो । त्यति मात्रै होइन, अमेरिकाको फ्रिडम पार्टीको घण्टी चुनाव चिह्न नेपालको कथित स्वतन्त्र पार्टीको पनि चुनाव चिहन् बन्न पुग्यो ।’ उहाँले नेपालको कथित राष्ट्रिय स्वतन्त्र पार्टी र घण्टी चुनाव एकै हुनु कुनै संयोग नभएर अमेरिकी योजनाअनुसार नै भएको दाबी गर्नुभयो ।

    उहाँले आइपिस, एमसिसी लागु गर्नका लागि नेपालमा आफ्नै निर्देशन मान्ने राजनीतिक पार्टी अमेरिकाले चाहेको बताउनुभयो । एमसिसी स्वीकार गरिए पनि एसपिपी लागु नभएकोमा सन्तोष मान्दै उहाँले अमेरिका आफ्नो प्रत्यक्ष नेतृत्व मान्ने पार्टीका लागि लगातार प्रयत्नशील रहेको दाबी गर्नुभयो ।

    क्रिस्चियन धर्मको उपयोग
    मङ्सिर ४ गतेको चुनावमा क्रिस्चियन अर्थात् इसाई धर्मको उपयोग गरिएको प्रसङ्ग पनि उहाँले उठाउनुभयो ।

    ‘कसैको इसाई धर्मप्रतिको आस्थालाई हामीले स्वाभाविक ठान्दछौँ’ उहाँले भन्नुभयो– ‘तर अहिलेको चुनावमा इसाई धर्मलाई दुरूपयोग गरियो । अमेरिकाले इसाई धर्मलाई कथित स्वतन्त्र पार्टीको पक्षमा उपयोग गर्‍यो ।’

    उहाँले सम्पूर्ण इसाई धर्मावलम्बीले स:नियत नै अमेरिकालाई समर्थन गरेको मान्न नसकिने बताउनुभयो । ‘फेरि पनि अहिलेको चुनावमा इसाई धर्मलाई अमेरिकाले कथित स्वतन्त्र पार्टी अर्थात् अमेरिकी समर्थनमा खुलेको पार्टीको पक्षमा उपयोग गरिएको सत्य हो ।’

    महामन्त्री सिंहले नेकपा (मसाल) ले धर्मको राजनीतिक दुरूपयोगको विरोध गर्दै आइरहेको बताउनुभयो । ‘हामीले इसाई धर्मको मात्रै होइन, हिन्दु धर्मको राजनीतिक दुरूपयोगको पनि विरोध गर्दै आएका छौँ’ उहाँले भन्नुभयो– ‘नेपालमा राप्रपाले धर्मको आडमा राजनीति गर्दै आएको छ । भारतीय साम्राज्यवादले पनि नेपाललाई हिन्दु राष्ट्र कायम गर्न खोजिरहेको छ । एमालेले गत केही वर्षदेखि हिन्दु धर्मसापेक्ष राजनीति अपनाउँदै आएको छ । हामी यी सबैको विरोध गर्दछौँ ।’

    नेता सिंहले धर्म व्यक्तिगत आस्थाको विषय भएकाले त्यस हदसम्म स्वाभाविक भएको तर त्यसभन्दा बाहिर गएर राजनीतिक दुरूपयोग गर्न नहुने बताउनुभयो ।

    ‘तर नेपालको सन्दर्भमा इसाई धर्म विशुद्ध धार्मिक आस्थाको रूपमा रहेको छैन’ उहाँले भन्नुभयो– ‘नेपालमा इसाई धर्म अमेरिकी साम्राज्यवादको स्वार्थ सिद्ध गर्ने साधन रहँदै आएको छ । त्यसको पछिल्लो उदाहरण मङ्सिर ४ गतेको चुनावको सन्दर्भमा देखा परेको छ ।’

    उहाँले इसाई धर्म नेपालको राष्ट्रिय सार्वभौमिकताको विरुद्धमा रहेको पनि बताउनुभयो ।

    आफ्नो पार्टी इसाई धर्मको यस खालको चरित्र र भूमिकाको विरुद्धमा रहेको बताउँदै महामन्त्री सिंहले त्यसका विरुद्ध नेपाली जनतामा उच्च प्रकारको सतर्कता रहनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    युगदर्शन साप्ताहिक (वर्ष १४, अङ्क १३, २०७९ पुस ५ गते) को ब्यानर

    बिहिबार, पुष ०७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.