काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीमा विवाद चुलिएको छ । समानुपातिकतर्फका उम्मेदवार छनौटलाई लिएर विवाद बढेपछि कार्यकर्ताले पार्टी कार्यालय घेराउ गरेका छन्।
४ मंसिरको चुनावमा समानुपतिकतर्फ १३ सिट जितेको रास्वपाले समानुपातिकका केही नामहरु तलमाथि गर्न खोज्दा विवाद बढेको हो ।
पार्टीभित्र भएको प्राइमरी इलेक्सनमा कम मत पाएकालाई पनि समानुपातिक सांसदका रुपमा सिफारिस गर्ने तयारी भएपछि विवाद बढेको बताइएको छ ।
रास्वपाले प्राइमरी इलेक्सन गरेर सबैभन्दा बढी मत ल्याएकालाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको थियो।
सुनसरी क्षेत्र नम्बर २ बाट रास्वपा नेता लालविक्रम थापाले आज सवा ११ बजे रास्वपा केन्द्रीय कार्यालय ‘घण्टीघर’मा खबरदारी कार्यक्रममा सहभागी हुन बुधबारै आग्रह गरेका थिए।
बिहीबार ठूलो संख्यामा कार्यकर्ताले पार्टी कार्यालय घेराउ गरेका हुन् ।