• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

मनाङमा सर्वाधिक वर्षा मापन

निरन्तर वर्षाले पाकेको धान ढल्यो

भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

बाढीपहिरो कारण तीन जिल्लाका पाँच सडक अवरुद्ध

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई जिताउत १५ जनवर्गीय सङ्गठनको अपिल


  •   बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) सम्बद्ध १५ जनवर्गीय सङ्गठनहरूले राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् ।

    Advertisement

    राजमोको स्वच्छ र निष्कलङ्क भूमिका रहेको भन्दै उनीहरूले आगामी प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा गिलास चिह्नमा मत दिन २०७९ मङ्सिर १ गते संयुक्त अपिल जारी गरेका हुन् ।

    प्रत्यक्षतर्फ राजमोका साझा उम्मेदवारसहित पाँचदलीय गठबन्धनका उम्मेदवारलाई तथा समानुपातिकतर्फ विभिन्न प्रतिनिधि सभा र प्रदेशसभाका राजमो उम्मेदवारलाई विजयी गराउन उक्त अपिलमा आह्वान गरिएको छ ।

    वक्तव्यमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा, अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुन, अखिल नेपाल युवक सङ्घका अध्यक्ष कृष्णराज पाण्डे, अखिल (छैठौं) का अध्यक्ष देवेन्द्र कुँवर, रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष गिरीप्रसाद बुढा, अखिल नेपाल बुद्धिजीवी सङ्घका अध्यक्ष प्रा.डा. श्रीधर गौतम, अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकी, जातीय समता समाजका अध्यक्ष राजेश विश्वकर्मा, अखिल नेपाल शिक्षक सङ्घका अध्यक्ष सानोभाइ कार्की, अखिल नेपाल कानुन व्यवासयी सङ्घ (अन्ला) का अध्यक्ष अधिवक्ता पदम रोका, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, तराई मधेस जनवादी मोर्चाका अध्यक्ष बद्रे आलम, प्रगतिशील पत्रकार सङ्घका अध्यक्ष श्यामलाल पोखरेल र अखिल नेपाल प्रगतिशील लेखक सङ्घ (अन्पा) का अध्यक्ष समीर सिंहको हस्ताक्षर रहेको छ ।

    यस्तो छ संयुक्त अपिलको पूर्ण पाठ :
    “राष्ट्रिय जनमोर्चाले २०७९ मङ्सिर ४ गतेको प्रतिनिधि सभा र प्रदेशसभाको निर्वाचनमा “संविधानको रक्षा, स्थिरता र समृतिका रक्षाका लागि गठबन्धन दलहरूको पक्षमा मतदान” भन्ने नाराका साथ प्रतिनिधि सभातर्फ बागलुङमा चित्रबहादुर केसी, प्युठानमा दुर्गा पौडेल र प्रदेशसभातर्फ अर्घाखाँचीमा सागर केसीलाई उम्मेदवार बनाएको छ । उहाँहरूलाई राजमोको गिलास चिह्नमा र देशव्यापी गठबन्धनका उम्मेदवारलाई मतदान गरी भारी बहुमतले विजय गराई नेकपा (एमाले) को प्रतिगमनको नाइके ओली गठबन्धनलाई परास्त गर्न आह्वान गर्दछ । यसका साथै “गणतन्त्र, राष्ट्रियता र धर्म निरपेक्षताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ” भन्ने नाराका साथ देशमा अधिकांश जिल्ला र प्रदेशमा समानुपातिकतर्फबाट उम्मेदवार बनाइएका राजमोका उम्मेदवारलाई गिलास चिह्नमा मतदान गरी विजयी गराउन जनवर्गीय सङ्गठन र पेसागत सङ्गठनहरूको तर्फबा यो संयुक्त अपिल जारी गरिएको छ ।

    नेकपा (एमाले) को ओली गुटको सरकारले लामो सङ्घर्षपछि राजतन्त्रको अन्त गरी संविधान सभामार्फत प्राप्त गरेको गणतन्त्र र धर्म निरपेक्षतासहितको गणतान्त्रिक गठबन्धनलाई क्षत्विक्षत् बनाउने, पटक पटक संविधान र संसद् विघटन गर्ने, भारतीय साम्राज्यवादी मोदी गुटको इसारामा हिन्दु राज्य कायम गराउन उद्यत हुने र राजवादी शक्तिसँग गठजोड गरी निरङ्कुश तन्त्र वा राजतन्त्र उल्ट्याउने काम गरेर २०१७ सालकै इतिहास दोहोर्‍याउने झल्को दिई प्रतिगमनकारी भूमिका कायम गरेकाले गणतान्त्रिक संविधान र धर्म निरपेक्षताको रक्षा गर्ने शक्तिहरूसँग संयुक्त गठबन्धन गरी सङ्घर्षमा उत्रेर मात्र ओलीको प्रतिगमनमाथि परास्त गर्न सकिने छ भन्ने राजमोको नीतिअनुरूप पाँचदलीय गठबन्धनको सङ्घर्षमार्फत् ओली सरकार सत्ताच्यूत भयो ।

    अहिलेको निर्वाचनमा प्रतिगामी र राजतन्त्र पुनस्र्थापना पक्षधर राजावादी शक्तिसँग गठबन्धन गरेर आफ्नो प्रतिगामी सरकारको औचित्यता पुष्टि गर्दै भारतीय साम्राज्यवाद र अमेरिकी साम्राज्यवादको आडमा गणतन्त्र र धर्म निरपेक्षतालाई उल्ट्याउने, नेपालीलाई अल्पमतमा पारी राष्ट्रघाती नागरिकता विधेयक ल्याउन उद्यत हुने, देशमा तानाशाही व्यवस्था कायम गर्ने जस्ता प्रतिगमनकारी कदम अगाडि बढाएकाले ओली प्रतिगमनलाई यस निर्वाचनमार्फत पराजित गरी गठबन्धनलाई विजयी गराउन आह्वान गर्दछौँ ।

    राष्ट्रिय जनमोर्चाले संसद्बाट कथित रूपमा पारित गरिएको एमसिसी, संसद्मा पारित गर्न तयार भएको एसपिपी र नेपालीलाई अल्पमतमा पार्ने नागरिकता विधेयकका विरुद्ध संसद्मा सशक्त विरोध तथा सडकमा सङ्घर्ष गर्दै आएको सर्वविदितै छ । संविधानमा राखिएको सङ्घीयता र नागरिकतासम्बन्धी गलत प्रावधान, महङ्गी, भ्रष्टाचार, किसान, मजदुरलगायत जनताका तात्कालिक समस्या, विभिन्न पेसाका समस्याका विरुद्ध लगातार सङ्घर्ष गर्दै आइरहेको गौरवमय इतिहास छ । राजमोको सङ्घीयता विरुद्धको सङ्घर्षले सङ्घीयताको औचित्य नै नभएको पुष्टि हुँदै आएको छ ।
    पञ्चायती व्यवस्था र गणतन्त्र विरुद्धको सङ्घर्षमा नेपाली काङ्ग्रेससँग कार्यगत एकता गरेर निरङ्कुश तन्त्र विरुद्धको सङ्घर्षलाई प्राथमिकता दिइएको उदाहरण छ । गणतान्त्रिक संविधानको निर्माणका बेला भारतीय साम्राज्यवादको हस्तक्षेपको विरुद्धसमेत उत्रिएर नेपाली काङ्ग्रेससहित गणतान्त्रिक संविधान निर्माणमा राजमो सहभागी भएको छ । काङ्ग्रेससँग सहकार्य गर्दा पनि राजमोले राष्ट्रियतालगायत सङ्घीयता र अन्य कतिपय विषयमा आफ्नो विरोध र मतभेद दृढताका साथ अडान राख्दै निरङ्कुशता र राजतन्त्र विरुद्धको सङ्घर्षलाई सफलतापूर्वक सम्पन्न गर्दै आएको छ । अहिले पनि गणतन्त्र, धर्म निरपेक्षता र गणतान्त्रिक संविधानको रक्षाका लागि, प्रतिगमन विरुद्धको सङ्घर्षमा त्यसको पक्षधर काङ्ग्रेससहितको गठबन्धन निर्माण गरेर यो निर्वाचनमा समेत प्रतिगमनलाई परास्त गर्न राजमोले जोड दिएको छ ।

    यसको साथसाथै राष्ट्रियताको आवाजलाई संसद्भित्र सशक्त रूपमा उठाउन, असमान सन्धिसम्झौता खारेज गराउन, जनताका तात्कालिक मुद्दाहरू सशक्त रूपमा उठाउन, महङ्गी, भ्रष्टाचार, किसान–मजदुरका विभिन्न जनवर्गीय र पेसागत सङ्गठनका माग उठाउन कानुनी मञ्चको प्रयोगार्थ समानुपातिक तर्फबाट पनि धेरैभन्दा धेरै राजमो प्रतिनिधिहरू जिताउनु आवश्यक छ । त्यसैले जनवर्गीय सङ्गठन र पेसागत सङ्गठनहरूले सबै देशभक्त, न्यायप्रेमी जनमुदायलाई सशक्त रूपमा परिचालन गर्न अत्यावश्यक छ । यसका साथसाथै सबै लोकतान्त्रिक, देशभक्त, न्यायप्रेमी जनता आआफ्नो पार्टीभन्दा माथि उठेर राजमोको गौरवमय त्याग, बलिदान, इमानदारिता र सङ्घर्षको इतिहासलाई मूल्याङ्कन गरी समानुपातिकतर्फका राजमोका उम्मेदवारलाई जिताउन गिलास चिह्नमा मतदान गर्न अपिल गर्दछौँ । प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय निकायमा राजमोका प्रतिनिधिको नेतृत्वमा विभिन्न जिल्लामा गरिएका विकास निर्माणमा बजेटको शत्प्रतिशत सदुपयोगका साथै भ्रष्टाचाररहित र पारदर्शी रूपमा सम्पन्न भएका गौरवमय उदाहरण पनि रहेको स्मरण गराउन चाहन्छौँ ।”

    बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष
    सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार
    प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन
    बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध
    भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित
    मनाङमा सर्वाधिक वर्षा मापन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      सरकारको राष्ट्रघाती चरित्र संस्थागत रूपमा नै सतहमा आएको मसालको निष्कर्ष

    • २.
      सुरुङ खनेर डोल्पा कारागारबाट आठ कैदी फरार

    • ३.
      प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा मौन प्रदर्शन

    • ४.
      बेनी–जोमसोम र बेनी–दरबाङ सडक अवरुद्ध

    • ५.
      भारी हिमपात र निरन्तर वर्षाले मुस्ताङको जनजीवन प्रभावित

    • ६.
      मनाङमा सर्वाधिक वर्षा मापन

    • ७.
      निरन्तर वर्षाले पाकेको धान ढल्यो

    • ८.
      भारतीय आयातमा रोक लगाएपछि फूलखेतीमा किसानको आकर्षण बढ्दै

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.