• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

राष्ट्रियता जोगाउन ठूलो संख्यामा राजमो प्रतिनिधि संसदमा जान आवश्यक छ : नेपाली

"नवलपुरको डन्डामा राजमो समानुपातिक अभियानको कोणसभा "

  •   आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
  • कावासोती । राष्ट्रिय जनमोर्चाका केन्द्रीय कार्यकारी अध्यक्ष रश्मीराज नेपालीले आगामी मङ्सिर ४ गतेको चुनावमा गिलासमा भोट दिन आग्रह गर्नुभएको छ ।

    Advertisement

    राजमो समानुपातिक उम्मेदवार केन्द्रीय प्रचार टोलीले नवलपुरको डन्डामा २०७९ कात्तिक २७ गते आयोजनामा गरेको कोणसभालाई सम्बोधन गर्दै उहाँले यस्तो अभिव्यक्ति दिनुभएको हो ।

    ‘सही राजनीतिक पार्टी चुन्ने मौका जहिलेसुकै आउन्न’ अध्यक्ष नेपालीले भन्नुभयो– ‘आगामी मङ्सिर ४ गतेको चुनावमा जनताले राजमोको चुनाव चिह्न गिलासमा भोट दिन म अनुरोध गर्दछु ।’

    प्रत्यक्षतर्फ वाम–लोकतान्त्रिक गठबन्धनलाई भोट दिन आग्रह गर्दै उहाँले समानुपातिकतर्फ भने सबैले गिलासमा मतदान गर्नुपर्ने आवश्यकतामा उहाँले जोड दिनुभयो ।

    ‘नेपालमा सबै राजनीतिक पार्टीमध्ये राष्ट्रिय जनमोर्चा मात्रै यस्तो पार्टी हो’ उहाँले अगाडि भन्नुभयो– ‘राजमोले राष्ट्रियता, लोकतन्त्र र धर्म निरपेक्षताका सवालमा सधैँ सम्झौताहीन सङ्घर्ष गर्दै आइरहेको छ । यस अर्थमा आम जनताको भोट पाउनका लागि राजमो योग्य छ ।’

    उहाँले सङ्घीयताले नेपालको राष्ट्रियता कमजोर हुने बताउँदै त्यसको खारेजीका लागि पनि राजमोमा प्रतिनिधिहरू ठुलो सङ्ख्यामा संसद्मा जानुपर्ने बताउनुभयो ।

    ‘लोकतन्त्र, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि राजमोका प्रतिनिधिहरू ठुलो सङ्ख्यामा संसद्मा जानैपर्दछ’ उहाँले भन्नुभयो– ‘त्यसका साथै राष्ट्रका लागि बोझ बनेको सङ्घीयताको खारेजीका लागि पनि हाम्रो उपस्थिति संसद्मा आवश्यक छ ।’

    ‘त्यसैले हाम्रो दाबी छ, पाँच वर्षपछि आएको मङ्सिर ४ गतेको चुनावमा गिलासमा मतदान गर्नुहोला’ अध्यक्ष नेपालीको अनुरोध थियो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय उपाध्यक्ष जनकराज शर्माले वाम–लोकतान्त्रिक गठबन्धन जनताप्रति उत्तरदायी सहकार्य भएको दाबी गर्नुभयो ।

    ‘हामीले यो गठबन्धन नबनाएको भए संविधान धरापमा पर्दथ्यो’ उहाँले भन्नुभयो– ‘यो संविधान जनआन्दोलनको म्यान्डेटअनुरूप बनेको भन्ने प्रतिगमनकारीले बिर्सेका थिए ।’

    पाँचदलीय गठबन्धनकै कारण निष्क्रिय हुन थालेको संविधान पुनः सक्रिय भएको बताउँदै उहाँले यसको रक्षाका लागि गठबन्धन बनेको बताउनुभयो ।

    कार्यक्रमलाई रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाही, प्रतिनिधि सभातर्फ राजमोका उम्मेदवार विकाराम चौधरी र राजमो नवलपुरका सचिव गिरबहादुर महतराले पनि सम्बोधन गर्नुभएको थियो ।

    सो अवसरमा अखिल नेपाल किसान महासङ्घ (अप्फा) का अध्यक्ष भैरवराज रेग्मी, वामपन्थी नेता भागिरथ शर्मालगायतको आतिथ्य रहेको थियो ।
    अभियान टोली आजै रुपन्देहीको बुटवलतर्फ लागेको छ । अभियानको सभापन भोलि कात्तिक २८ गते बुटवलमा हुने छ ।

    आइतबार, कार्तिक २७, २०७९ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन
    जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु
    राजकोटमा मूल प्रवाहको नगर समिति गठन
    प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • २.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ३.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ४.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ५.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    • ६.
      राजकोटमा मूल प्रवाहको नगर समिति गठन

    • ७.
      प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

    • ८.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.