• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

प्रतिबन्धित इराकमा रोजगारी गर्न एकैघरका सात जना


  •   बुधबार, पुष १६, २०७६ मा प्रकाशित
  • काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका– ५ स्थित मार्मिङ गाउँमा घर कुर्न वृद्धवृद्धा र बालबालिकालाई छोडेर एकै घरका महिला र पुरुष सात जनासम्म वैदेशिक रोजगारीमा गएको पाइएको छ । गाउँपालिकाभरि वैदेशिक रोजगारीमा गएका ४४७ जनामध्ये मार्मिङ छ्याङ्दी, पोखरे र गोल्ची गाउँबाट इराक जाने बढी रहेको पाइएको छ ।

    Advertisement

    नेपाल सरकारले खुला नगरे पनि दलालमार्फत भारत हुँदै प्रतिबन्धित इराक पुग्ने त्यहाँका १४२ मध्ये ९८ जना महिला रहेको माइती नेपालले गरेको सर्वक्षणबाट पत्ता लागेको हो

    प्रमुख रुपमा तामाङ र शेर्पाको बसोवास रहेको उक्त वडाका महिलाको यसअघि प्रमुख गन्तव्य चीनको खासा बजार रहेको थियो । तर २०७२ सालको भूकम्पबाट तातोपानी नाका बन्द भएपछि उनीहरुको लागि खाडीलगायतका मुलुक प्रमुख गन्तव्य बनेको माइती नेपालका जिल्ला संयोजक पवित्रा घिमिरेले जानकारी दिइन्।

    इराकमा काम गर्दा अमेरिकी डलरमा राम्रो कमाइ हुने र युरोप तथा अमेरिका जान सहज हुने भएकाले दलालमार्फत भारत भएर नेपाली जाने गरेको वडाध्यक्ष सुपा लामाले बताए । पालिकामा निर्वाचित भएर आएपछि श्रम स्वीकृति पाएका देशमा रोजगारीमा जाने व्यक्तिले अनिवार्य वडा कार्यालयमा सल्लाह लिन आउनुपर्ने र त्यसबापत प्रतिव्यक्ति रु १०००/ दिने निर्णय गरे पनि कोही नआएको हुँदा ०७४/७५ मा विनियोजीत रकम दुई लाख बजेट ‘फ्रिज’ भएको वडाध्यक्ष लामाले जानकारी दिए ।

    उनका अनुसार त्यहाँका थुप्रै युवायुवती रोजगारीको सिलसिलामा इराकका साथै कुवेत, अष्ट्रेलिया, जापान र अमेरिकामा रहेका छन् । विदेश जान राहदानी लिनेमध्ये ४० प्रतिशत महिला रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकको तथ्याङ्कबाट देखिन्छ ।

    विगतका वर्षमा देशका विभिन्न भागबाट चीनको खासामा मानव तस्करीमा वृद्धि हुन थालेपछि रोकथामको लागि तातोपानी नाकामा माइती नेपालले कार्यालय स्थापना गरेको थियो । भूकम्पबाट लामो समयसम्म नाका बन्द भएपछि नाकाबाट हुने सबै काम अरनीको राजमार्गको बन्देउमा कार्यालय स्थापना गरी कार्य सञ्चालन गर्दै आएको छ ।

    बन्द भएको पाँच वर्षपछि नाका सञ्चालनमा आए पनि चीनले सर्वसाधारणलाई खासा प्रवेशमा कडाइ गरेपछि माइती नेपालले आफ्नो कार्यालय सन् २०२० को पहिलो दिनबाट बन्द गरिएको संयोजक घिमिरेले बताइन् ।

    बुधबार, पुष १६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.