काठमाडौं । मलेसियामा कार्यरत एक नेपाली मजदुरको मासु काट्ने मेसिनमा परेर मृत्यु भएको छ । मलेसियाको मलक्का राज्यमा काम गर्ने क्रममा मंगलबार ४७ वर्षीय नेपाली मजदुरको मासु काट्ने मेशिनमा परेर मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ।
Advertisement
उनको नाम ठेगाना खुल्न सकेको छैन । ती कामदारको शरीर मेशिनबाट झिक्न आधा घन्टा लागेको थियो ।
अन्य तीन कामदारसँगै मृतकले त्यहाँ मर्मतसम्भारको काम गरिरहेका बेला मेशिन अचानक अन (चालु) भएपछि सो दुर्घटना भएको बताइएको छ । घट्नाको छानबिन भइरहेको एजेन्सीले जनाएको छ।
मलेसियामा दर्ता भएरै काम गरिरहेका विदेशी कामदारको संख्या करिब २० लाख छ भने त्यहाँ झन्डै ३ लाख ६० हजार नेपालीले कार्यरत् छन् । मलेसियामा अधिकांश नेपालीले सुरक्षा गार्ड, निर्माण कार्य र होटेल लगायतका क्षेत्रमा काम गर्छन्।