काठमाडौं । संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी गरिरहेको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले अर्घाखाँची–काठमाडौं सम्पर्क समितिको भेला सम्पनन गरेको छ । शनिबार काठमाडौंको बागबजारमा सो भेला गरिएको हो ।
भेलाले मार्चलाई सफल बनाउन आगामी माघ ११ गते बृहत भेला एवम् पिकनिक कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको छ । भेलाको तयारीको लागि ९ सदस्यीय तयारी समितीसमेत गठन गरिएको छ ।
जसको संयोजक विष्णु केसी र सदस्यहरुमा राहुल पौडेल, अस्मिता खनाल, भुवन खनाल, विरेन्द्र श्रेष्ठ, पुजा वेलवासे, गणेश भुसाल, वर्षा अधिकारी र वन्धना सुनार रहनु भएको छ ।
अखिल (छैठौं)का केन्द्रीय सचिव तथा ३ नम्बर प्रदेश इन्चार्ज सुवाश जिसीको प्रमुख आथित्यता तथा केन्द्रीय सदस्य विष्णु केसी को अध्यक्षतामा भएको भेलाले आगामी पौस २६ गते हुने संगठनको काठमाडौं उपत्यका भेलाको लागि आवस्यक सहयोग तथा समन्वय गर्ने निर्णय समेत गरेको सचिव जिसीले जानकारी दिनुभएको छ ।