घोराही । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले दाङको घोराहीस्थित दाङभ्याली कलेजमा आफ्नो संगठन बिस्तार गरेको छ । संगठनका महासचिव महेशराज जोशीको आतिथ्यताम सोमबार सम्पन्न भेलाले संगठन निर्माण गरेको हो ।
भेलाले पारस बुढाथोकीको अध्यक्षतामा ४१ सदस्यीय क्याम्पस इकाइ समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा काजल बिक, सचिव शोभा कुँवर, सहसचिव लालमति चौधरी र सहसचिव वशन्ती रावल हुनुहुन्छ ।
भेलामा महासचिव जोशीले संघीयता विरुद्ध काठमाडौं मार्चको तयारीबारे जानकारी दिनुका साथै विद्यार्थी आन्दोलनको वर्तमान अवस्थाबारे प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा अखिल (छैठौं) का केन्द्रीय सदस्य खगेन्द्रा विष्ट, दाङ जिल्ला सचिवालय सदस्य लक्ष्मण गौतम, दिनेश रैदासलगायत नेताहरु सहभागी हुनुहुन्थ्यो ।
विद्यानिलकण्ठमा इकाई समिति गठन
यस्तै, घोराहीकै श्री विद्यानिलकण्ठ माविमा पनि अखिल (छैठौं) ले इकाई समिति गठन गरेको छ । अखिल (छैठौं) की केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज खगेन्द्रा विष्ट र दाङ जिल्ला सचिवालय सदस्य लक्ष्मण बिकको उपस्थितिमा सोमबार सम्पन्न भेलाले समिति गठन गरेको हो ।
२३ सदस्यीय इकाई समितिको अध्यक्षमा टिकाराम केसी,उपाध्यक्षमा विकास गुरुङ, सचिवमा जयदेव चौधरी, सहसचिव तिलक घर्ती मगर र कोषाध्यक्षमा सिजन राज गिरि रहनुभएको छ ।

