चंडिगढ । अन्तर्राष्ट्रिय एकताको लागी नेपाली जनताको मंच चंडिगढको आयोजनामा विश्व सर्वहारा वर्गका महान नेता एवं समाजवादी क्रान्तिका सेनानी स्टालिनको १४१ औं जन्मदिवस मनाइएको छ ।
कार्यक्रममा वक्ताहरुले अन्तर्राष्ट्रीय रुपमा नै माक्र्सवाद , लेनीनवाद तथा माओविचारधारा रक्षात्मक अवस्थामा रहेको र विभिन्न खाले वामपन्थी आवरण भित्रका अवसरवादीहरु समेतवाट कम्युनिस्ट आन्दोलनमा आक्रमण भइरहेको वर्तमान सामाजिक परिवेशमा स्टालिनको योगदान र समाजवादी क्रान्ति तथा सोभियत रुसमा उहाँको योगदानको ऐतिहासिक महत्व रहेको बताएका थिए ।
कार्यक्रममा मूलप्रवाह अखिल भारत नेपाली एकता समाजका केन्द्रीय सदस्य दिनेश खड़का, नेपाली समाचारका सम्वाददाता खिमराज चालिसे, मूलप्रवाह नगर अध्यक्ष मानवहादुर केसी, जनजाती विभागका प्रेम गुरुङ, महिला क्षेत्रीय सदस्य सिमा खड़का, समता विभागका अर्जुन विक, महिला नगर समितिकी सुनिता लगाएतका वक्ताहरुले सम्बोधन गर्नुभएको थियो ।
थमन थापाको अध्यक्षता तथा लिला विकको सञ्चालनमा सम्पन्न सो समारोहमा वालाराम न्यौपानेले स्वागत स्वागत गर्नुभएको थियो ।