काठमाडौं । संघीयता विरुद्द काठमाडौ मार्चको तयारीको लागि आज नेपाल ल क्याम्पस भृकुटीमण्डप काठमाडौंमा अखिल (छैठौं) प्युठान–काठमाडौ सम्पर्क समितिको भेला सम्पन्न भएको छ । भेलाले मार्चलाई सफल बनाउन आगामी माघ ११ गते बृहत भेला एवम् पिकनिक कार्यक्रमको आयोजना गर्ने भएको छ ।
Advertisement
भेलामा अखिल (छैठौं)का केन्द्रीय सचिव तथा सम्पर्क समितिका अध्यक्ष सुवाश जिसि, केन्द्रीय कोषाध्यक्ष निश्चल क्षेत्री, केन्द्रीय सदस्य प्रतिभा आचार्य र वैकल्पिक केन्द्रीय सदस्य विवेक जिसिको उपस्थिति रहेको थियो ।
भेलाले बृहत् भेला एवम् पिकनिक कार्यक्रमको तयारीको लागि ५ सदस्यीय तयारी समिती गठन गरेको छ । समितीमा विवेक जिसि, नवीन केसी, ध्रुब बस्याल, अविसा बस्नेत र झलक बुढामगर रहनुभएको छ । भेलाले आगामी पौस २६ गते हुने काठमाडौं उपत्यका भेलाको लागि आवस्यक सहयोग गर्ने निर्णय समेत गरेको छ ।