• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

नेकपाको ‘साम्यवादी’ लक्ष्य: काशी जाने कुत्तीको बाटो !


  •   शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
  • काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यतिबेला पार्टीको कार्यदिशा तय गर्न प्रतिवेदन लेखनमा ब्यस्त छन् । मंसिर २९ र ३० मा बस्ने स्थायी समिति बैठकमा प्रस्तुत गर्ने प्रतिवेदन लेखनका लागि प्रचण्ड व्यस्त रहेको सञ्चारमाध्यमहरुले जनाएका छन् ।

    Advertisement

    रोचक कुरा त के छ भने, तत्कालीन एमाले–माओवादी एकतापछि बनेको नेकपाले ‘जनताको जनवाद र अधिकतम लक्ष्य समाजवाद’ लाई वैचारिक कार्यदिशा तय गरेको थियो । तर, कार्यकारी अध्यक्ष भएपछि लिखित प्रतिवेदनसहित बैठकको अध्यक्षता गर्न लागेका प्रचण्डले नेकपाको अबको कार्यदिशा ‘वैज्ञानिक समाजवाद स्थापना गर्दै साम्यवादको दिशातिर अघि बढ्ने’ प्रस्ताव गरेका छन् ।

    यो निश्चय नै खुशीको कुरा हो कि, निकै ठुलो जनमत प्राप्त वामपन्थी दलले आफ्नो लक्ष्य ‘साम्यवाद’ लाई बनाएको छ । न्युनतम समाजवाद हुँदै अधिकतम साम्यवादसम्म पुग्ने कम्युनिष्टहरुको रणनीति नै हो । त्यसबिचमा तत्कालिन परिस्थिपित अनुसार ठोस परिस्थितिको ठोस विश्लेषण गर्दै पार्टीले कार्यनीति तय गर्छ ।

    तर, सत्तारुढ नेकपाले आफ्नो लक्ष्य ‘साम्यवाद’ तय गरिरहँदा त्यसलाई जनताले सहजै पत्याइदिने अवस्था भने छैन । वास्तवमा नेकपाको संगठन, अनुशासन र आचरणमाथि साम्यवादी लक्ष्य ‘काशी जाने कुत्तीको बाटो’ मात्रै हो ।’

    प्रचण्डका घरभेटी शारदाप्रसाद अधिकारीले बाटो अलपत्र पारेपछि विरोध गर्दै ललितपुरका जनताले टाँगेको उनको फोटो

    प्रचण्डका घरभेटी शारदा अधिकारीले बाटो अलपत्र पारेपछि विरोध गर्दै ललितपुरका जनताले टाँगेको उनको फोटो

    सर्वप्रथम त कुनै संगठन ‘कम्युनिष्ट’ बन्न केही न्युनतम सैद्धान्तिक आधारहरु हुन्छन् । सत्तारुढ नेकपाले ति न्युनतम सैद्धान्तिक आधार नै गुमाइसकेको छ । त्यसकारण त्यो पार्टी कम्युनिष्ट पार्टी होइन । बरु वामपन्थी, प्रगतिशील तथा जनतान्त्रिक शक्ति हो । जसको स्वभाव ढुलमुल र अवसरवादी हुन्छ । त्यसको चरित्र निम्न पुँजीवादी प्रकारको छ । जसले अवसरहरुको उपयोग गर्दै सुख सुविधा खोज्ने गर्दछ ।

    त्यसका कैयौं प्रमाण र उदाहरणहरु छन् । नेताहरु कार्यकर्ता र जनता भन्दा कैयौं गुणा माथिको जीवन शैली बाँचिरहेका छन् । उनीहरुको संगत भ्रष्ट ब्यापारी, उद्योगपति तथा दलाल र विदेशी एजेण्टहरुसँग छ ।

    अनुशासनका दृष्टिकोणले सत्तारुढ नेकपा एउटा ठुलो भिड हो । जहाँ विभिन्न गुट तथा उपगुटहरु क्रियाशिल छन् । आफ्नो गुटलाई माथि देखाउन फरक गुटमाथि सार्वजनिक रुपमै अराजनैतिक प्रहार गर्नु वा आक्षेप लगाउनु त्यहाँभित्रको सामान्य पद्धति हो । त्यसको पछिल्लो उदाहरण हालैमात्र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले पूर्व माओवादी समूहलाई लक्षित गरी लेखेका स्ट्याटस र जवाफमा पूर्व एमाले समूहमाथि लगाइएका आरोपहरुको सृंखला हेरे पुग्छ ।

    थापाले कान्तिपुरमा गंगा विसीको लेखलाई सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका थिए,

    ‘यदि प्रचण्डले पार्टीलाई एमालेसँग नमिलाएको भए के हुन्थ्यो ? एमाओवादी एउटा सानो पार्टीका रूपमा खुम्चिएको हुन्थ्यो । १० वर्ष युद्ध हाँकेका प्रचण्ड सानो पार्टीका नेता हुन्थे । सम्बोधन हुन्थ्यो, पूर्व विद्रोही नेता प्रचण्ड । एमाले र एमाओवादी चुनावी एकतापछि संसद्मा करिब दुई तिहाइ नजिक सिट जिते । संसद्को निर्वाचनलगत्तै पार्टी एकता भएन । कारण थियो, ओली र प्रचण्डबीच शक्ति बाँडफाँटको संघर्ष । चुनावमा एकता भयो, परिणामपछि संघर्ष । दुई नेताबीच एकता र संघर्ष जारी रह्यो । अन्ततः संसद् चुनाव भएको करिब ६ महिनापछि पार्टी एकता भयो । अरू सबै काम बाँकी राखेर दुई अध्यक्ष भएको पार्टी भयो, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) । पूर्वएमालेले ६० प्रतिशत र पूर्वमाओवादीको ४० प्रतिशत बाँडफाँट गरी संसद्को चुनावमा उम्मेदवार तय भएको थियो । त्यही आधारमा पहिलो नम्बरको अध्यक्ष ओली र दोस्रो नम्बरको अध्यक्ष प्रचण्ड हुने सहमति भयो ।’

    सुर्य थापाको स्ट्याटसविरुद्ध लेखिएका प्रतिक्रियाहरुमा गाली गलौजको लामो सृंखला छ । जसले नेकपाका कार्यकर्ताहरुको सैद्धान्तिक स्तरलाई बुझाउँछ । नेकपानिकट युवा संगठनका संयोजक रामप्रसाद आचार्य ‘दिपशिखा’ लेख्छन्, ‘तिम्रो भाषा र शैली हेर्दा ३ कक्षा भर्ना गरेर नैतिक शिक्षा पढाउन पर्ने देखियो !’

    पूर्व माओवादी समूहको फेसबुक र ट्विटर आक्रमणपछि पनि प्रधानमन्त्रीका सल्लाहकार थापा रोकिएनन् । उनले फेसबुकमै थपे, ‘मेरो स्टाटस हो कि अरूको लेख शेयर गरेको भनेर छुट्याउन समेत नसक्ने मनुवा हुन् कि ढेंडु? कति असभ्य र घृणित रहेछन् एउटा लेखसम्म पढ्न औकात र हैसियत नराख्ने स्यालहरू? छिः छिः ! मान्छे बन्न कति गाह्रो परेको तिनलाई ?’

    सुर्य थापा तिनै ब्यक्ति हुन् जसले हालैमात्र कृष्णसेन ईच्छुक पुरस्कार थापेका थिए । पूर्व माओवादीका कट्टर विरोधी थापालाई सायद उनको क्षमता र उपयुक्तता भन्दा पनि पूर्व माओवादी समूहको विरोध र आलोचना नगरुन् भनेरै कृष्णसेन ईच्छुक पुरस्कार दिइएको थियो ।

    नेकपामा अनुशासनहिनताको लामो सृंखला छ । हालैमात्र त्यो पार्टीका स्थायी समिति सदस्य एवं प्रदेश २ का ईन्चार्ज प्रभु शाहले मन्त्री बन्ने आकांक्षा पुरा नभएपछि पार्टी नेतृत्वमाथि ‘लेनदेनका आधारमा मन्त्री पद बाँडफाँट गरेको’ गम्भीर आरोप लगाएका थिए । यसखालका अनुशासनहीन गतिविधिका लागि त्यहाँ कुनै छानविन वा कारबाही हुँदैन । बरु नेताहरु नै धम्कीको भाषा प्रयोग गर्छन ।
    शाहको स्ट्याटसमा धम्किपुर्ण प्रतिक्रिया दिँदै अर्का नेता बिष्णु रिजालले फेसबुकमै रौतहटका काशी तिवारी हत्याको फाइल खोलिदिने चेतावनी दिएका थिए ।

    यी त केही उदाहरण मात्रै हुन् । नेकपाको संगठनमा भएको अराजकता र अनुशासनहीनताको । दुई पार्टी मिलेको नेकपाले अझै पुर्णता पाएको छैन । कयौं जिल्लामा पार्टी एकताका क्रममा भएका ‘हानहान’ का घटनाले कतिपय कार्यकर्तालाई अस्पतालसम्मै पुगाएको छ ।

    न त, नेकपाका नेताहरुमा त्यसखालको आचरण छ, जसलाई कम्युनिष्ट भन्ने नैतिक अधिकार देओस् । यो कुनै आरोप होइन, बरु छर्लङ्ग देखिएका आचरणहरु हुन् र उनीहरुकै कार्यकर्ताले लगाउने गरेका आरोप हुन् कि, पार्टीका नेताहरुको संगत दलाल, पुँजीपति, विदेशी एजेण्ट तथा नाफखोरहरुसँग छ । जसलाई प्रयोग गरेर नेताहरु रातारात धनी भइरहेका छन् । तल्लो तहका कार्यकर्ता र जनताको हालत बरु बिग्रँदै गइरहेको छ । कार्यकर्ताले आदर्श मानेका नेताहरु र उनीहरुबीचको खाडल पुरिनै नसकिने गरी गहिरो छ ।

    तैपनि, मूलतः सबै कुराको फैसला पार्टीको सिद्धान्तले गर्छ । काम्र्सवादी लेनिनवादी सिद्धान्तलाई आधारभुतरुपमै त्यागेको नेकपाले ‘साम्यवादी’ लक्ष्य राख्नु रमाइलो मजाक हुनसक्छ ।

    शुक्रबार, मङि्सर २७, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.