खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं अखिल भारत सम्मेलनलाई केन्द्रित गर्दै हिसार नगर समितिले व्यापक रुममा संगठन विस्तार गरेको छ ।
सिटि एरिया ‘बी’ अन्तर्गत पर्ने मिलरोड तथा अनाज मण्डी ए र बीमा सम्पन्न बेग्लाबेग्लै भेलाबाट तीन वटा नयाँ टोल समितिहरु निर्माण भएका छन् । कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरे, नगर अध्यक्ष नन्द बहादुर लम्तरी, सदस्य श्याम बहादुर विक र लाल बहादुर चुदालीको विशेष उपस्थिती रहेको थियो ।
मिलरोड टोल समिति
यहाँ सम्पन्न भेलाले मालती तुलाधरको अध्यक्षतामा २१ सदस्यीय टोल समिति निर्माण गरेको छ । जसको उपाध्यक्ष राजु तुलाधर, सचिव सुमन तुलाधर, कोषाध्यक्ष सन्तोष परियार, सदस्यहरु मान सिंह परियार, कमला परियार, दिपक परियार, हरि तुलाधर, दिपक तुलाधर, कमला तुलाधर, कान्ति तुलाधर, अशोक तुलाधर, बिष्नु तुलाधर, बलराम कुमाल, चुन्नी कुमाल, सोनु कुमाल, अर्जुन परियार, माया परियार, अनिल पुन मगर, गिता पुन मगर रहनुभएको छ भने एक स्थान रिक्त रहेको छ ।

अनाजमण्डी ‘ए’ टोल समिति
यहाँ सम्पन्न भेलाले सफल कुमालको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरेको छ। जस्मा सचिव सीता, कोषाध्यक्ष मिना, सदस्यहरुमा प्रकाश कुमाल, अन्जु, गिता ‘ए’, मोहन कुमाल, गिता ‘बी’ र एक स्थान रिक्त रहेको छ।
अनाजमण्डी ‘बी’ टोल समिति
यहाँ सम्पन्न भेलाले विरु कुमालको अध्यक्षतामा ९ सदस्यीय टोल समिति गठन गरेको छ। जस्मा उपाध्यक्ष नरेश कुमाल, सचिव लक्ष्मी कुमाल, कोषाध्यक्ष मायाँ कुमाल र सदस्यहरु मित्र कुमाल, ओम बहादुर कुमाल, रेनु कुमाल, सरिता कुमाल, उषा कुमाल लगाएत हुनुहुन्छ ।

