• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महाकाली अञ्चल अस्पतालमा सिकलसेल एनिमियाको उपचार सुरु


  •   शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
  • कञ्चनपुर । महाकाली अस्पतालमा सिकलसेल एनिमियाको परीक्षणका लागि मेसिन जडान गरिएको छ । मेसिन जडान भएपछि कर्मचारीलाई मेसिन सञ्चालन गर्ने र बिरामीको परीक्षण गर्नेबारे तालिम दिइएको छ ।

    Advertisement

    जडान गरिएको मेसिन परीक्षणका क्रममा रहेको अस्पतालका सूचना अधिकारी केशवदत्त अवस्थीले जानकारी दिए। केही दिन अझै धनगढीबाट प्राविधिक डाकेर मेसिन सञ्चालनका लागि प्रयोगशालाका प्राविधिकलाई थप तालिम दिएर दक्ष बनाई पूर्णरूपमा सेवा सञ्चालनमा ल्याइने उनले बताए ।

    मेसिन जडानसँगै थारु जातिमा देखा पर्ने सिकलसेल एनिमियाका बिरामीको परीक्षणसँगै उपचार निःशुल्क गरिने छ । मेसिन खरिदका लागि सुदूरपश्चिम सरकारले रु ५० लाख रकम विनियोजन गरेको थियो । सिकलसेल एनिमियाको उपचार यसअघि कैलालीको सेती प्रादेशिक अस्पतामा मात्रै उपलब्ध रहेको थियो ।

    सिकलसेल एनिमियाका बिरामीका लागि सरकारले औषधि खरिदका लागि रु एक लाख अनुदान रकम उपलब्ध गराउँदै आएको छ । “उपचारका लागि पुगेका बिरामीको उपचारमा लाग्ने औषधि अस्पतालबाटै उपलब्ध गराउछौँ”, सूचना अधिकारी अवस्थीले भने, “खर्च भएको औषधिको सोधभर्ना सरकारबाट प्राप्त हुन्छ ।”

    कैलाली र कञ्चनपुरमा हालसम्म सिकलसेल एनिमियाका ५२६ जना बिरामी देखा परेका छन् । कञ्चनपुरमा १४० र कैलालीमा ३८६ जनामा सिकलसेल एनिमियाका बिरामी देखा परेका हुन् । सिकलसेल ३३५ महिला र १९१ पुरुषमा देखा परेको छ ।

    सिकलसेल एनिमिया देखापरेका मध्ये पाँच वर्षदेखि १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या अधिक रहेको छ । जीवनभर रोगीले औषधी खानुपर्ने भएकाले रु एक लाख थोरै मात्र रकम भएको सिकलसेल एनिमियाबाट प्रभावितहरुको भनाइ छ । अनुदानबापत पाइने रु एक लाख बिरामीलाई नगद उपलब्ध गराउने नभई अस्पतालले सो रकम बराबरको औषधि रोगीलाई उपलब्ध गराउने गरेको छ ।

    मानव रगतमा पाइने रातो गोलाकार रक्तकणिकाको स्वरूप परिवर्तन भई हँसिया जस्तै आकारमा रूपान्तरण हुने प्रक्रियालाई सिकलसेल भन्ने गरिएको छ । सिकलसेल एनिमिया भएका रोगीहरुको गोलाकार रक्तकणिकाहरु छिटोछिटो नष्ट भई रक्तसञ्चारमा अवरोध उत्पन्न हुन्छ र बिरामीको रक्तमा अक्सिजनको कमी हुन गई शरीरका विभिन्न अङ्गमा क्षति पुग्ने गर्दछ ।

    सिकलसेल एनिमिया भएमा शरीरमा पीडा हुने, अन्य रोगहरुको सङ्क्रमण हुनसक्ने, कमलपित्त जस्तो लक्षण देखिने, फोक्सोमा रोकावट हुने, मिर्गौलामा समस्या देखिने, मस्तिष्काघात हुने, लिङ्ग उत्तेजित हुँदा पीडा हुने, फियो वा कलेजोमा रक्तसञ्चारमा रुकावट हुनेलगायतका लक्षण देखा पर्ने गर्दछन् ।

    शुक्रबार, मङि्सर १३, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.