खिमराज चालिसे, चंडिगढ ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजको आठौं राष्ट्रिय सम्मेलन नजिकिँदै जाँदा भारतव्यापी संगठनात्मक अभियानलाई तीब्र रुपमा अगाडि बढाएको छ ।
सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत आर्थिक सहयोग संकलन, सदस्यता वितरण, प्रशिक्षण तथा संगठन विस्तार लगायतका कार्यक्रमलाई तीब्र पार्दै मूल प्रवाहको सुदूरपश्चिमोत्तर क्षेत्रका नगरहरुमा संगठनात्मक गतिविधिहरु सशक्त रुपमा सञ्चालन भैरहेको छ ।
मुक्तशहर
मूल प्रवाह सुदूरपश्चिमोत्तर क्षेत्रको मुक्तशहरमा आइतबार केन्द्रीय सचिव त्रिभुवन भट्टराई र केन्द्रीय सदस्य कृष्ण जिसी, क्षेत्रीय महिला विभागकी कोषाध्यक्ष सुनिता भट्टराई, शिवप्रसाद पोख्रेल लगाएतले प्रचारात्मक अभियानसँगै सदस्यता वितरण, आर्थिक संकलन र प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न गर्नुभएको छ ।
मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन, फुटपरस्त गतिविधिहरु विरुद्ध संघर्ष लगाएत समसामयिक विषयहरुमा केन्द्रीय सचिव त्रिभुवन भट्टराई र केन्द्रीय सदस्य कृष्ण जिसीले प्रशिक्षण दिनुभएको थियो।
कार्यक्रम देवेन्द्र थापाको अध्यक्षतामा तथा सुक बहादुर घर्तीको सञ्चालनमा सम्पन्न भएको हो। मुक्तशहरमा आज टोल टोलमा दिनभर प्रचारात्मक कार्यक्रमहरु भएको सचिव त्रिभुवन भट्टराईले जानकारी दिनु भएको छ।
चंडिगढ

एकता समाज चंडिगढ नगरसमितिद्वारा सञ्चालित पंचकुला एरिया समिति अन्तर्गत शनिबार अभयपुरमा सम्मेलन प्रचारात्मक भेलाले टोल समिति गठन गरेको छ। नगर सदस्य नरेन्द्र बलम्पाकी र महिला सदस्य मायाँ बलम्पाकीको विषेश पहलमा भेला सम्पन्न भएको थियो ।
भेलामा मूल प्रवाहका क्षेक्षीय सदस्य प्रेम आचार्यले मूल प्रवाहको आठौं अखिल भारत सम्मेलन लगाएत समसामयिक विषयहरुमा प्रशिषण दिनुभएको थियो।
भेलाले भीम बहादुर समलको अध्यक्षतामा ११ सदस्सीय टोल समिति गठन गरेको छ। समितिको सचिव संदिप कुमार शर्मा, कोषाध्यक्ष माया बलम्पाकी तथा सदस्यहरुमा टेक बहादुर क्यागछकी, जानकी क्यागछकी, गंगा लुङ्गेली, मनोज पुर्णासेनी, नरेन्द्र बलम्पाकी, रचना थापा, सिता शर्मा र एक स्थान रिक्त राखिएको छ।
हिसार

त्यस्तै, सम्मेलन प्रचारात्मक अभियान अन्तर्गत हिसारको सिटि एरिया ‘ए’ अन्तर्गत जहाँर नगरमा पनि एरिया भेला सम्पन्न भएको छ । समितिका अध्यक्ष ओमप्रकास तिवारीको पहलमा आयोजित भेलामा विभिन्न समसामयिक विषयहरुमा छलफल सहित ९ सदस्यीय टोलसमिति ‘सी’ गठन गरिएको छ।
नवगठित समितिमा अध्यक्ष सागर भुसाल, उपाध्यक्ष ज्योति कुँवर, सचीव इन्द्र भुसाल, सहसचिव बसन्ती, कोषाध्यक्ष निरुता थापा, कमल बिसि, दिपक मगर, दुर्गा तिवारी रहनु भएको छ।