कतार । कतार नेपाली एकता समाजले केन्द्रीय सदस्य हुमाकान्त आचार्यकी आमा जेदकला आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
Advertisement
समाजका केन्द्रीय सदस्य आचार्यकी आमा राप्ति गाउँपालिका–४ पिपल्खुट्टि निवासी जेदकला आचार्यको ९३ वर्षको उमेरमा माघ २ गते निधन भएको थियो ।
उहाँको मृत्युएको खबरले कतार नेपाली एकता समाज अत्यन्तै दुःखी भएको समाजले जनाएको छ ।
समाजका अध्यक्ष विष्णु थापा क्षेत्रीले शोक विज्ञप्ति प्रकाशित गरी मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।