• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

इस्टर हमला मुद्दाको फैसला हुँदै

जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

कसैप्रति पूर्वाग्रह राख्दैनौँ, संगठन छोडेर जानेहरु फर्कन्छन् भने स्वागत छ : महासचिव खनाल


  •   आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
  • बेल रजाली मगर,जयपुर ।
    मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका महासचिव ठाकुर खनालले मूल प्रवाहले कसैप्रति पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभएको छ ।

    Advertisement

    विगतमा संगठन छोडेर जानेहरु पुनः आत्माआलोचना गरेर फर्कन चाहेमा स्वागत गर्ने पनि खनालले बताउनुभयो ।

    मूल प्रवाह अखिल भारत नेपाली एकता समाज मध्य पश्चिमोत्तर क्षेत्रीय समितिले आयोजना गरेको आठौं अखिल भारत सम्मेलनको प्रचारात्मक भेलालाई सम्बोधन गर्दै महासचिव खनालले विभिन्न कारणले संगठनबाट अलग भएका सदस्यहरुलाई पुनः संगठनमा फर्केर देश, जनता र प्रवासी नेपालीको हक हितमा काम गर्न आग्रह पनि गर्नुभयो ।

    ‘कतिपय बेलामा हाम्रो संगठनबाट केही साथीहरु बाहिर जाने गरेका छन् र अहिले पनि केही साथीहरु हाम्रो संगठनबाट अलग भएका छन्’ महासचिव खनालले भन्नुभयो, ‘हाम्रो संगठनले कहिले पनि कसैप्रति कुनै किसिमको पूर्वाग्रह राखेको छैन । त्यसैले संगठन छाडेर गएका साथीहरु आत्मा आलोचना गरेर पुनः संगठनमा फर्कन चाहन्छन् भने ऊनीहरुको लागि हाम्रो संगठनको ढोका सधैँ खुला रहेको छ ।’

    महासचिव खनालले देशको समसामयिक राजनीतिबारे चर्चा गर्दै विगतमा केपी ओली नेतृत्वको सरकारलाई पार्टीले समर्थन गरेपनि ओलीले संविधान र लोकतन्त्र नै मास्न थालेपछि समर्थन फिर्ता लिनुपरेको स्मरण गर्नुभयो । उहाँले जापानी साम्राज्यवादको विरुद्धको संघर्षमा माओत्सेतुङले च्याङ काइ सेकसित समेत कार्यगत एकता गरेको उदाहरण प्रस्तुत गर्दै अहिले नेपाली कांग्रेस समेतको गठबन्धनमा सामेल हुनुको अर्थ लोकतन्त्रको रक्षाका खातिर रहेको तर, कांग्रेसले गरेका अपराधलाई समर्थन नहुने पनि स्पष्ट पार्नुभयो ।

    राजस्थान सरकारले आइतबारका दिन जयपुरमा कर्फ्यु लगाएको कारण उक्त कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो । नारायण ज्ञवालीको सन्चालन, मोहन गिरीको अध्यक्षता ग्रहण पश्चात कार्यक्रममा ईश्वरी आचार्यले स्वागत मन्तव्य राख्नु भएको थियो ।

    कार्यक्रमका अन्य अतिथिहरुमा मूल प्रवाह केन्द्रीय सांस्कृतिक विभागका रिम राना, केन्द्रीय महिला बिभागबाट हुमा रजाली, विद्यार्थी संघका केन्द्रीय सहसचिव कृष्टि राई, जनजाति केन्द्रीय विभागका ओम थापा, केन्द्रीय खेल विभागका काजीराम श्रेष्ठ, नेपाली एकता अनलाइन एवं नेपाली समाचार साप्ताहिकका प्रतिनिधि ज्ञान प्रसाद शर्मा हुनुहुन्थ्यो ।

    भेलाले अध्यक्ष बेलबहादुर रजालीको संयोजकत्वमा ६१ सदस्यीय आठौं अखिल भारत सम्मेलन सहयोग समिति गठन गरेको छ भने किशोर राईको संयोजकत्वमा ५ सदस्यीय आर्थिक उपसमिति, रिम रानाको संयोजकत्वमा ९ सदस्यीय सांस्कृतिक उपसमिति र काजीराम श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय स्वयम सेवक उपसमिति गठन गरेको छ।

    आइतबार, माघ ०२, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना
    उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव
    संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा
    इस्टर हमला मुद्दाको फैसला हुँदै
    जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध
    यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना

    • २.
      उत्तर कोरियाको आणविक कार्यक्रम रोक्न दक्षिण कोरियाको प्रस्ताव

    • ३.
      संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन इरानी विदेशमन्त्री अराघ्ची न्यूयोर्कमा

    • ४.
      इस्टर हमला मुद्दाको फैसला हुँदै

    • ५.
      जापानमा ‘ताइफुन दुजुआन’ को कहर, ४६ हजारभन्दा बढी घरमा विद्युत् अवरुद्ध

    • ६.
      यमनमा मानवीय सङ्कट गहिरिँदै, १ लाख ३० हजार विस्थापित

    • ७.
      सहकारी ठगीबारे छानबिन र दोषीमाथि कारबाही आवश्यक : रामप्रकाश पुरी

    • ८.
      परराष्ट्रमन्त्री खनाल र जापानका विदेशमन्त्री मोटेगीबीच भेटवार्ता

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.