धर्म सुनार, रोहतक (भारत) ।
भारतको हरियाणामा लुटिएका एक गार्खाली युवकलाई मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले सहयोग गरी घर फर्काइदिएको छ । गोरखा जिल्लाको घैरुङ–१ जयामिसराका ३२ वर्षीय मिनबहादुर थापालाई मूल प्रवाहले उद्दार गरी घर पठाएको हो ।
थापा गुजरातबाट स्वदेशतर्फ यात्रा गर्ने क्रममा स्टेसनबाट सामान र मोबाइल चोरी भएपछि अलपत्र परेका थिए । त्यहाँबाट एकजना हरियाणाको मानिससँग रोहतकसम्म पुगी सडक गल्लीमा भौँतारिरहेको अवस्थामा मूल प्रवाहको सम्पर्कमा आएका थिए ।
आफू लुटिएको र अलपत्र परेको गुनासो मूल प्रवाहलाई गरेपछि मूल प्रवाहका कार्यकर्ताहरुले आवश्यक सहयोग गरी उनलाई कपिलवस्तुको चन्द्रोटास्थित राष्ट्रिय जनमोर्चाको पार्टी कार्यालयमा पुर्याएका हुन्।
त्यहाँबाट राजमोले नेपाल प्रहरीको सहयोगमा उनलाई घर पठाएको छ ।
भारतमा मजदुरी गर्न गएका उनी डम्मर बहादुर थापा र आमा दिलमाया थापाका छोरा हुन् ।

