इटहरी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) ले संघीयता विरुद्ध काठमाडौं मार्चको तयारी तिब्र पारेको छ । सोही क्रममा इटहरीमा सोमबार तयारी भेला सप्पन्न भएका छ ।
Advertisement
झापा, मोरङ र सुनसरीको संयुक्त भेलालाई सम्बोधन गर्दै युनियनका अध्यक्ष विमल पोखरेलले संघीयता विरुद्धको आन्दोलन राष्ट्रिय आवश्यकता भएको बताउनुभयो ।
‘हामी कक्षा कोठामा पढ्ने विद्यार्थी मात्रै होइनौं, सचेत नागरिकपनि हौँ’ पोखरेलले भन्नुभयो, ‘त्यसकारण राष्ट्रलाई आवश्यक परेको बेला जतिबेला पनि सडकमा जान तयार छौँ ।’
बबिन राईको सञ्चालन र देवेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा (मसाल) १ नम्बर प्रदेशका प्रवक्ता योगेन्द्र ढकालले पनि बोल्नुभएको थियोे ।
भेलाले झापा, मोरङ र सुनसरीका जिल्लामा संगठन निर्माण, आन्दोलनको तयारी र प्रचारकार्यलाई तीब्र बनाउने निर्णय गरेको छ ।

