• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

भक्तपुर क्यान्सर अस्पतालमा तनाव, बिरामी र कुरुवाको भागदौड


  •   आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
  • भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालमा नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टर नियुक्तिको विषले झडपको रुप लिएको छ । अस्पताल तनावग्रस्त हुँदा बिरामी र कुरुवाको भागदौड मच्चिएको छ ।

    Advertisement

    पुरानो व्यवस्थापन समितिले गरेको नियुक्ति अनुसार पदाधिकारी अस्पतालमा पदवाहाली गर्न गएपछि क्यान्सर अस्पताल तनावग्रस्त बनेको हो । कर्मचारीले नयाँ कार्यकारी निर्देशक र मेडिकल डाइरेक्टरलाई पदवाहाली गर्न नदिएपछि विवाद उत्पन्न भएको थियो ।

    स्पतालको पुरानो व्यवस्थापन समितिका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठ नेतृत्वको व्यवस्थापन समितिको बोर्ड बैठकले प्रमुख कार्यकारी निर्देशकमा रुपेश शिलाकार र मेडिकल डाइरेक्टरमा डा. दिपेश धिताललाई नियुक्त गरे लगत्तै पदवाहाली गर्न आएपछि कर्मचारीले विरोध गरेका हुन् ।

    हाल अस्पतालमा मेडिकल डाइरेक्टरको जिम्मेवारी सम्हाल्दै आएका डा. ऋषिकेश नारायण श्रेष्ठको ‘नेम प्लेट’ हटाएर नयाँको नेम प्लेट राखेर पदवाहाली गर्ने क्रममा औपचारिक कार्यक्रम भइरहँदा कर्मचारी टोलीले ‘भ्रष्टाचारीलाई कारवाही गर’ भन्दै अस्पतालमा नारावाजी गरेका थिए ।

    स्थिति तनावग्रस्त बनेपछि अस्पतलाको पुरानो व्यवस्थापन समितिका कोषाध्यक्ष केपी ताम्राकार, महासचिव विमल होडा, सचिव महेश श्रेष्ठ, नयाँ कार्यकारी निर्देशक शिलाकार, नयाँ मेडिकल डाइरेक्टर डा. धिताललगायतलाई अस्पतालको कार्यक्रम हल मै दुईघण्टासम्म बन्द गरिएको थियो । स्थानीयवासमेतले अस्पताललाई घेराबन्दीमा राखेर अस्पताल प्राङ्गणमा तथा कर्मचारीले अस्पताल प्रशासनमा नाराबाजी गरेपछि प्रहरीले उनीहरुलाई बाहिर निकालेका थिए ।

    अस्पतालमा स्थिति असहज बन्दै झडप भएपछि पदवाहाली नगरी बन्द कोठामा रहेकालाई प्रहरीले बाहिर निकालेर सुरक्षित स्थानतर्फ लैजाने क्रममा अस्पताल प्राङ्गणमै उनीहरुमाथि आक्रमण भएको थियो । आक्रमणसँगै अस्पतालबाट पुरानो व्यवस्थापनका पदाधिकारी र नयाँ नियुक्ति पाएकालाई व्यासीसम्म लखेटी शिलाकार र होडामाथि आक्रमण गरिएको थियो । स्थानीयवासीले होडाको हातबाट माइन्युटसमेत खोसेर च्यात्नुका साथै उहाँमाथि हातपातसमेत गरेका थिए । झडपको क्रममा कार्यकारी निर्देशक शिलाकारको बा१२च ४८६ नं को कार तोडफोड गरिएको छ ।

    अस्पतालका रेडियोथेरापीका कन्सल्टेण्ड डा विद्यापति झाले आफू २०५७ सालदेखि अस्पतालमा काम गर्दै आएको बताए । पुरानो व्यवस्थापन समितिलाई भ्रष्टाचार नगर्न पटकपटक सचेत गर्दा पनि कर्मचारीलाई बेवास्ता गर्दै करोडौँ रुपैयाँ भ्रष्टाचार भएको अवस्थामा यो अस्पताल जोगाउनु आवश्यक रहेको उनको भनाइ छ ।

    पुरानो व्यवस्थापन समितिलाई खारेज गर्दै भक्तपुर नगरपालिकाले अस्पतालमा नगरप्रमुख सुनिल प्रजापतिको नेतृत्वमा नयाँ व्यवस्थापन समिति गठन गरी हाल सञ्चालन गर्दै आएको छ । यसबारेमा सर्वोच्च अदालतमा परेको रिटमा अदालतले अन्तरिम आदेश जारी गर्दै हाललाई यथावस्था मै सञ्चालन गर्न आदेश दिए पनि रिटको किनारा भने नलाग्दा थप अन्योल भएको छ ।

    आइतबार, मङि्सर ०८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.