काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जनकारी अनुसार १२ हजार २० मा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पाइएको हो ।
आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १० हजार २९६ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला चार र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १० रहेका छन् ।
पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.५ प्रतिशत रहेको छ । संक्रमित शून्य रहेको जिल्ला मुगु मात्र रहेको छ ।
पछिल्लो २४ घण्टामा ६२२ जना संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या सात लाख ८८ हजार ६३० रहेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.३ प्रतिशत रहेको छ ।
यसैगरी आज कोरोना संक्रमणबाट ११ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ३७२ को निधन भएको छ । अहिलेसम्म ८६ लाख ३२ हजार २९३ पहिलो मात्रा र ६७ लाख नौ हजार ९०५ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

