• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ३. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. प्रगतिशील तीज कार्यक्रमको तयारी भेला सम्पन्न

समयमा उपचार पाउन सक्दैनन् मिर्गौलापीडित


  •   आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
  • नारायण अधिकारी, चितवन ।
    जिल्लाका सरकारी र अन्य निजी अस्पतालमा मिर्गौलाका बिरामीले समयमा उपचार पाउन नसकेको गुनासो गरेका छन् । मिर्गौलापीडित सरोकार समाज, नेपाल जिल्ला शाखाले आज यहाँ आयोजना गरेको मिर्गौला रोग सचेतना कार्यक्रममा सहभागी पीडितले यस्तो गुनासो गरेका हुन ।

    Advertisement

    अस्पतालमा उपचारका क्रममा पालो कुर्दाकुर्दै मिर्गौला पीडितले मृत्युवरण गर्नुपर्ने उनीहरुको गुनासो थियो । समाजका सचिव जीवनाथ पराजुलीले निजी अस्पतालमा मिर्गौलाको उपचार महँगो हुने र सरकारी अस्पतालमा पालो कुर्नुपर्ने बाध्यताका कारण बिरामीले मृत्युवरण गर्नुपर्ने समय आएको बताउनुभयो ।

    उहाँले गुनासो गर्नुभयो, ‘सरकारीमा पालो पाइदैन, निजी अस्पतलले सम्झौता भएको छैन भन्दै नयाँ बिरामीको उपचार प्रक्रिया सुरु नै गर्दैनन् ।’ साउनयता निजी अस्पतालले नयाँ बिरामी भर्ना नगर्दा समस्या आएको उहाँले बताउनुभयो । भरतपुर अस्पतालमा उपचार गराइरहेका बिरामीको निःशुल्क डायलासिस हुने भए पनि निजी अस्पतालमा यो सेवा एक पटकमा रु १० हजारसम्म खर्च हुने भएकाले महँगो भएको उहाँको गुनासो थियो ।

    नवलपुरका टीकाराम भट्टराई विगत नौ वर्षदेखि छोरीको मिर्गौलाको डाइलासिस गर्दै आउनुभएको छ । भरतपुर अस्पतालमा पालो नपाएपछि उहाँ निजी अस्पतालमा उपचार गराइरहनुभएको छ । निजी अस्पतालमा उपचारका क्रममा ठूलो रकम खर्च भएकाले सरकारी अस्पतालमा मिर्गौला प्रत्यारोपणको काम सुरु गर्नुपर्ने उहाँले बताउनुभयो । बिरामीको चाप बढ्दै जाँदा उपचार पाउने सम्भावना कम बन्दै गएकाले सेवा विस्तार गरेर भए पनि उपचार सेवा रोक्न नहुने उहाँको गुनासो थियो ।

    बिरामीले यहाँ उपचार नपाएर काठमाडौँसम्म जानुपर्ने बाध्यता रहेको बिरामीका आफन्तले गुनासो गरेका छन् । उपचारको समयमा रगतको अभाव हुनु, समयमा पालो नपाउनु जस्ता कारणले बिरामीले दुःख पाउने गरेको उनीहरुको भनाइ थियो । कार्यक्रममा अस्पतालका मिर्गौला रोग विषेशज्ञ डा सन्तोष गुरुङ्ले मानवजीवनमा खानपानमा ध्यान नदिँदा, उच्च रक्तचाप, मधुमेह र स्वास्थ्यमाथि हेलचक्र्याई गर्दा मुटुमा समस्या आउने गरेको बताउनुभयो ।

    एउटा मिर्गौलाले काम नगर्दा नै बिरामी हतोत्साहित हुने गरेको जनाउँदै उहाँले आत्तिहाल्नुपर्ने नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मानव शरीरमा भएका दुई मिर्गौलामध्ये एउटाले काम गर्न नसक्दा आत्तिनुपर्ने हुँदैन ।’ बिरामीको चाप बढेसँगै सेवा दिन केही असहज हुने उहाँको भनाइ थियो ।

    भरतपुर अस्पतालमा मेडिकल सुपरिटेण्डेन्ट प्रा डा कृष्ण पौडेलले अस्पतालमा अहिले ११२ बिरामीको उपचार भइरहेको र ३० जना प्रतिक्षामा रहेको बताउनुभयो । कतिपय बिरामीका आफन्तले उपचार गर्न नसक्ने भन्दै घर लैजाने गरेको उहाँले स्मरण गर्नुभयो ।

    यस अस्पतालमा विसं २०७४ बाट यो सेवा सुरु भएको भएपछि २०७६ सालबाट मात्रै विषेशज्ञ सेवा दिनसकेको उल्लेख गर्दै उहाँले सेवा विस्तार गर्दै अस्पतालको सि भवनमा २० श्ययाका डाइलासिस वार्ड बनाउने तयारी रहेको जानकारी दिनुभयो ।

    अस्पतालमा १२ डाइलासिस मेसिन भए पनि अहिले आठ वटा मेसिनले मात्रै काम गरेकाले निकट भविष्यमा नै दुई मेसिन थप गर्ने तयारीमा अस्पताल रहेको उहाँले जानकारी दिनुभयो । प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलले डाइलासिसका बिरामीको उपचार तालिका जानकारी नहुनु र उपचारका क्रममा क–कसलाई कुन समयमा रगतको आवश्यक पर्ने हो भन्ने अग्रिम जानकारी नहुँदा रगतको समस्या आएको बताउनुभयो ।

    डाइलासिसका बिरामीलाई अहिले समस्या ठूलो समस्या नपरेको भए पनि जिल्लामा रगतको अभावका कारण यस्तो हुने उहाँको भनाइ थियो । भरतपुर अस्पताल विकास समितिका अध्यक्ष भोजराज अधिकारीले सरकारले नीतिगत रुपमा यस अस्पताललाई प्रत्यारोपणको जिम्मेवारी दिएको भए पनि काम हुन नसकेको जानकारी दिनुभयो ।

    मिर्गौला प्रत्यारोपणको काम हुन नसक्दा बिरामीले दुःख पाउने गरेकाले अब यसलाई रोक्न सबै सचेत हुनुपर्ने उहाँले बताउनुभयो । अस्पतालमा सम्भव भए सम्मका बिरामीलाई उपचार दिँदै आएको उहाँको भनाइ छ ।(रासस)

    आइतबार, कार्तिक ०७, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु
    सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह
    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ३.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      दिल्लीको जन्तरमन्तरमा गुन्जियो गोर्खाल्यान्डको माग

    • २.
      देवानगञ्ज घटनामा मानव अधिकार आयोगको अनुसन्धान सुरु

    • ३.
      सिद्धान्तप्रति जोड दिने नीतिकै कारण मसालका कार्यकर्ता अरूभन्दा फरक : सिंह

    • ४.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • ५.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ६.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ७.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ८.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.