काठमाडौं । पछिल्लो २४ घण्टामा १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकअनुसार ९ हजार ९१६ जनामा कोरोना परीक्षण गर्दा १ हजार ९६ जनामा संक्रमण पाइएको हो ।
यो सगै देशभर सक्रिय संक्रमित ११ हजार ८१५ जना रहेका छन् । ५०० भन्दाबढी संक्रमित भएका जिल्ला चार र २०० भन्दाबढी संक्रमित भएका जिल्ला १७ रहेका छन् । पाँच सयभन्दा बढी संक्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार चार जना संक्रमणबाट निको भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमण सात लाख ८३ हजार ३९७ पुगेको छ । नेपालमा संक्रमणमुक्त हुने दर ९७.१ प्रतिशत रहेको छ ।
यसैगरी आज कोरोना संक्रमणबाट १२ जनाको निधन भएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार ३०५ जनाको निधन भएको छ । होम आइसोलेसन १० हजार ८६६, संस्थागत आइसोलेसनमा ९४९ जना , सघन उपचार कक्षमा २६७ र भेन्टिलेटरमा ८६ जना रहेका छन् ।
आज एक लाख ६३ हजार २६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । अहिलेसम्म ८५ लाख ६२ हजार ३६५ पहिलो मात्रा र ६४ लाख ८५ हजार ९२३ पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

