काठमाडौं । पछिल्लो २४ घण्टामा ५९६ जनामा कोरोना भाइरसको संक्रक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ४०४ जनामा कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमण देखिएको हो ।
Advertisement
आज थपिएका सँगै देशभर सक्रिय संक्रमित १५ हजार २४ रहेका छन् । पछिल्लो २४ घण्टामा ८७१ जना संक्रमणमुक्त भएका छन् । योसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या सात लाख ७५ हजार ९४३ पुगेका छन् । नेपालमा संक्रमणमुक्त हुने दर ९६.७ प्रतिशत छ ।
यस्तै संक्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको ज्यान गएको छ । अहिलेसम्म संक्रमणबाट ११ हजार २३१ जनाको निधन भइसकेको छ ।
हाल देशभर ३२२ सघन उपचारकक्ष (आइसीयू), ११३ भेन्टिलेटर, १३ हजार ८५९ होम आइसोलेसन, एक हजार १६५ संस्थागत आइसोलेसन र २३४ जना क्वारेन्टिनमा छन् । आज ७८ हजार ९२७ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।(रासस)