काठमाडौँ । गत २४ घण्टामा नेपालमा ७६४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६८८ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् ।
Advertisement
यो अवधिमा १० जनाको ज्यान गएको छ । यो सहित नेपालमा कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या ११ हजार २१० पुगेको छ ।
शुक्रबार १ हजार ३३ जना सङ्क्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।
आज देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ६१४ रहेको छ ।