काठमाडौँ । नेपालले सात महिनाअघि भारतसँग खरिद गरेको कोरोना विरुद्धको कोभिसिल्ड खोप आउने निश्चित भएको छ ।
Advertisement
गत फागुनमा भारतसँग खरिद गरेको १० लाख मात्रा खोप असोज २३ गते नेपाल आइपुग्ने स्वास्थ्य सेवा विभागका उपेन्द्र ढुङ्गानाले जानकारी दिए ।
सरकारले भारतको सेरम इन्स्टिच्युटसँग २० लाख मात्रा खोप खरिदका लागि सम्झौता गरेर रकम पठाएको थियो । त्यसमध्ये १० लाख मात्रा खोप आउन लागेको हो ।
असोज २३ गते दिउसो २ बजे १० लाख मात्रा खोप आइपुग्ने ढुङ्गानाले बताए । यो खोप पहिलो मात्रा एस्ट्राजेनेका लगाएका नागरिकलाई दिइने भएको छ ।