काठमाडौं । पछिल्लो २४ घण्टामा ९६८ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ४२ मा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय संक्रमित १६ हजार २४८ पुगेको छ ।
पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला ८ र २०० भन्दा बढी संक्रमित भएका जिल्ला १९ छन् । पाँच सयभन्दा बढी संक्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की र रुपन्देही छन् ।
नेपालमा संक्रमणदर १८.८ प्रतिशत छ । पछिल्लो २४ घण्टामा १ हजार ११४ जनाले संक्रमणमुक्त भएका छन् । यससँगै नेपालमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या सात लाख ७१ हजार ३३८ छ । नेपालमा संक्रमणमुक्त हुने दर ९६.६ प्रतिशत छ ।
सो अवधिमा ६ जनाको मत्यु भएको छ । हालसम्म संक्रमणबाट ११ हजार १८० जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३३५ जना सघन उपचारकक्ष (आइसीयू), १२२ जना भेन्टिलेटर, १५ हजार ११७ जना होम आइसोलेशन, एक हजार १३१ जना संस्थागत आइसोलेशन र २३७ जना क्वारेन्टिनमा छन् ।
आज एक लाख ३२ हजार ८९६ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७९ लाख १३ हजार ५५५ जनाले पहिलो मात्रा र ६४ लाख नौ हजार १९६ जनाले पूर्ण मात्राको खोप लगाएका छन् ।

