काठमाडौं । गएको २४ घण्टामा नेपालमा १ हजार ६४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ४५५ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
Advertisement
यो अवधिमा २ हजार १६१ जना डिस्चार्ज भएका छन्। आज १० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ। आज देशभर २९ हजार ४७९ जना सक्रिय संक्रमित रहेका छन्।

