काठमाडौं । गएको २४ घण्टामा नेपालमा १ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १५ हजार ९७९ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्।
Advertisement
यो अवधिमा १ हजार ७४३ जना डिस्चार्ज भएका छन्। आज २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८५८ पुगेको छ।
आज देशभर ३० हजार ९७३ जना सक्रिय संक्रमित रहेका छन्। यस्तै, आज काठमाडौंमा ४१८, ललितपुरमा ८७ र भक्तपुरमा १०१ जना गरी ६०६ जना संक्रमित फेला परेका छन्।

