काठमाडौं । गएको २४ घण्टामा नेपालमा १ हजार ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
Advertisement
७ हजार ९७१ जनामा परीक्षण गर्दा सो संख्यामा संक्रमित फेला परेका हुन्। यो अवधिमा १ हजार ५३४ जना डिस्चार्ज भएका छन्।
आज २० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८३८ पुगेको छ।
आज देशभर ३१ हजार २४८ जना सत्रिलय संक्रमित रहेका छन्। यस्तै, आज काठमाडौंमा २८८, ललितपुरमा ९८ र भक्तपुरमा ६७ जना गरी ४५३ जना संक्रमित फेला परेका छन्।