• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

लुम्बिनीमा २५ देशका बौद्ध भिक्षु


  •   बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
  • भैरहवा । बुद्धजन्मस्थल लुम्बिनीमा २५ देशका बौद्ध भिक्षु भेला भएका छन् । दोस्रोपटक हुन लागेको अन्तर्राष्ट्रिय त्रिपिटक वाचन कार्यक्रममा नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापानलगायत २५ देशका बौद्ध भिक्षु, लामा, भिक्षुणी, अनागारिकाहरू सहभागी छन् ।

    Advertisement

    अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा प्रदेश पाँच सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा त्रिपिटक वाचन सुरु भएको छ । आजबाट सुरु भएको पाठ तीन दिनसम्म चल्ने छ । अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थललाई थप प्रचारप्रसार गर्ने र पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले लुम्बिनी उद्यानमा पहिलो दोस्रोपटक अन्तर्राष्ट्रिय सामूहिक त्रिपिटक वाचन सुरु भएको हो ।

    गत वर्षबाट मात्रै त्रिपिटक वाचन सुरु भएपछि लुम्बिनीको महिमा थप उचाईमा पुगेको छ । कार्यक्रममा भगवान बुद्धद्वारा देशित उपदेश त्रिपिटकको सामूहिक रुपमा तीन दिनसम्म पाठ गरिने छ । विगत १६ वर्षदेखि भारतको बोधगयामा हुँदै आएको पाठ अघिल्लो वर्षबाट बुद्ध जन्मस्थल लुम्बिनी सुरु गरिएको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए ।

    अध्यक्ष महास्थवीरकाअनुसार सामूहिक वाचनमा विभिन्न देशका गरी करिब एक हजार सहभागी छन् । त्रिपिटक पाठ सुरु हुनु अघि पवित्र उद्यान क्षेत्रमा -याली निकालिएको थियो । तीन दिनको कार्यक्रममा थाइ भिक्षुहरूको नेतृत्वमा पाठ हुनेछ भने नेपाली भिक्षुहरूको नेतृत्वको सत्र पनि हुने छ । त्यस्तै क्रमशः बर्मा, श्रीलंका र कम्बोडियाका भिक्षुहरूको नेतृत्वमा एक-एक घण्टा पाठ हुने छ । अन्तिम दिन मायादेवी मन्दिरको वरिपरी मैनबत्तीसहितको शान्ति पदयात्रा तथा द्वीप प्रज्वलन कार्यक्रम गरिने आयोजकले जनाएका छन् ।

    यसका साथै आज र भोलि गरी दुई दिन नेपालकै प्रतिष्ठित बौद्ध विद्वानहरूबाट धर्म देशना पनि हुने कार्यक्रम छ । संस्कृति विद्हरुले त्रिपिटक पाठपछि अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको महत्वा थप उचाईमा पुग्ने विश्वास व्यक्त गरेका छन् । त्रिपिटक बारे धेरै नेपाली अनभिज्ञ रहेको र बौद्ध धर्ममा यसको विशेष महत्व भएका कारण नेपालमै लगातार त्रिपिटक वाचन सुरु गर्नुपर्ने जानाकार बताउँछन् ।

    विशेषगरी त्रिपिटकमा नेपालमा थेरवाद भिक्षु अनागारिकाहरूले कपिलवस्तुमै भगवान बुद्धले शुद्धोदन महाराजलाई देशना गरेको बिसन्तर जातक तथा शाक्य र कोलीयहरूको युद्ध हुनलाग्दा कपिलवस्तुमै देशना गरेका महासमय सुत्र पाठ गरिने छ । जसका लागि देवनागरीमा तथा थाइ लिपिमा उक्त ग्रन्थको पुस्तक प्रकाशित गरिएको छ ।

    लुम्बिनीबारे जानाकारहरुले यस्ता आध्यात्मिक गतिविधिहरु लुम्बिनीमा गरिरहनु पर्ने बताउँछन् । प्रत्येक वर्ष त्रिपिटक पाठ गर्न सके पनि अन्तर्राष्ट्रिय जगत्मा लुम्बिनीको गरिमा बढ्ने र पर्यटन क्षेत्र फस्ट्याउने व्यवसायी बताउँछन् । लुम्बिनी उद्यानमा आयोजना गरिएको त्रिपिटक पाठले पर्यटन क्षेत्रमा थप आयाम थपेको आयोजकको विश्वास छ । त्रिपिटकको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए ।

    मुख्यमन्त्री पोखरेलले लुम्बिनीसँगै तिलौराकोट र रामग्राम, देवदहको विकासका लागि प्रदेश सरकार लागि परेको जनाए । थाइल्याण्डका पूर्वस्वास्थ्यमन्त्री पुनिङ सुधारतले लुम्बिनीको विकासमा आफूहरु सधै हातेमालो गर्ने बताइन् । उनले यस किसिमका त्रिपिटक वाचनले लुम्बिनीको महत्व अझै बढ्ने जनाइन् ।

    बिहिबार, कार्तिक २८, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.