• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

राजकोटमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

चितवन : उपचारका लागि विदेश जानेको संख्या घट्दै


  •   शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
  • नारायण अधिकारी, नारायणगढ ।
    नेपालमै अन्तर्राष्ट्रिय स्तरका सुविधासम्पन्न अस्पताल र दक्ष जनशक्ति थपिँदै गएपछि उपचारका लागि विदेश जानेको सङ्ख्या घट्दै गएको पाइएको छ । स्वास्थ्यक्षेत्रमा ठुलो लगानीका साथै सरकारले पनि अस्पतालको स्तरोन्नति गर्दै गएपछि जटिल रोगको उपचार स्वदेशमै हुन थालेको हो ।

    Advertisement

    मुख्य रूपमा अङ्ग प्रत्यारोपण, ठुला शल्यक्रिया र क्यान्सरका बिरामी उपचारका लागि भारतसहित विभिन्न देश जाने गर्दछन् । सबैभन्दा ठुलो सङ्ख्यामा भारतका दिल्लीलगायतका सहरमा बिरामी जाने गरेकोमा पछिल्लो समय स्वदेशमै उपचार गर्ने प्रचलन बढेर गएको छ । कोभिडका कारण बाहिर जान सहज नभएपछि स्वदेशकै सुविधासम्पन्न अस्पताल र दक्ष चिकित्सकको खोजी हुन थालेको छ ।

    निजी अस्पतालको छाता संस्था एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) का महासचिव हेमराज दाहाल पछिल्लो समय विदेश उपचार गर्न जानेको सङ्ख्या घट्दै गएको बताउनुहुन्छ । सुविधासम्पन्न निजी अस्पताल र दक्ष जनशक्ति स्वदेशमै उपलब्ध हुने भएपछि बाहिर उपचार गर्न जानु नपरेको उहाँको भनाइ छ ।

    सबैभन्दा बढी बिरामी जाने भारतमा हुने अधिकांश उपचार यहीँ हुने उहाँ बताउनुहुन्छ ।

    उहाँले भन्नुभयो– ‘९५ प्रतिशतले अहिले नेपालमै उपचार गर्दछन् ।’

    विश्वमा दक्षिण एसिया र दक्षिण एसियामा नेपाल उपचारमा सबैभन्दा सस्तो भएको जनाउँदै उहाँले अस्पतालजन्य क्षेत्रमा रु तीन खर्बभन्दा बढी निजी क्षेत्रले लगानी गरिसकेको बताउनुभयो ।

    अङ्ग प्रत्यारोपणमा नेपालमा सफलता मिलेकाले उहाँले मिर्गौला प्रत्यारोपण भारतमा भन्दा आधा सस्तोमा यही हुने गरेको जानकारी दिनुभयो । सरकारले निजी क्षेत्रलाई अत्याधुनिक उपकरण खरिदमा भन्सार र करमा छुट गरिदिएमा अझै गुणस्तरमा सुधार गर्न सकिने उहाँको भनाइ छ ।

    उत्पादन भएको मुलुकबाट सोझै उपकरण ल्याउन पाएमा अस्पताललाई सहज हुने जनाउँदै उहाँले सरकारले निजी क्षेत्रलाई प्रोत्साहन गर्न सकेमा विदेशबाट यहाँ उपचारका लागि आउने बताउनुभयो ।

    उहाँले भन्नुभयो– ‘हामी अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्षम हुँदै गएका छौँ ।’

    पहिलेदेखि नै बाहिर उपचार गरिरहेका अहिले पनि जाने गरेको भन्दै उहाँले नयाँ पिँढी कम मात्रै उपचार गर्न जाने गरेको बताउनुभयो ।
    ग्रान्डी इन्टरनेसनल अस्पतालका मेडिकल उपनिर्देशक एवम् स्पाइनल विभाग निर्देशक डा विनोद बिजुक्छे स्पाइनलसम्बन्धी विश्वमा हुने जुनसुकै शल्यक्रिया र उपचार आफूले गर्न सक्ने दाबी गर्नुहुन्छ ।

    स्पाइनल सर्जन डा बिजुक्छेले मेरुदण्ड सिधा बनाउनेदेखि जटिल प्रकृतिका शल्यक्रिया आफ्नो नेतृत्वको समूहले गर्दै आएको बताउनुभयो ।
    उहाँले भन्नुभयो– ‘स्पाइनलसँग सम्बन्धित जुनसुकै शल्यक्रिया र उपचार अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने गरी हामीले गर्न सक्छौँ ।’

    यहाँ हुने उपचार भारतका कम अस्पतालमा मात्रै हुने उहाँको दाबी छ । भारत, थाइल्याण्ड, सिङ्गापुरलगायतका देशका अस्पतालमा पाइने स्वास्थ्य सेवा नेपालमै उपलब्ध हुने बिजुक्छेको भनाइ छ ।

    चितवन मेडिकल कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्राडा हरिशचन्द्र न्यौपाने भारतमा हुने सबै खालको उपचार यहीँ हुने बताउनुहुन्छ । नेपालबाट ६० प्रतिशत क्यान्सरका बिरामी र ४० प्रतिशत अङ्ग प्रत्यारोपणका बिरामी भारतलगायतका देशमा जाने गरेकामा पछिल्ला दिनमा यहीँका अस्पतालमा उपचार गर्ने गरेको उहाँले बताउनुभयो । कतिपय व्यावसायिक संस्थाले कमिसनका नाममा बिरामी विदेश पठाउने गरेको उहाँको आरोप छ ।

    उहाँले भन्नुभयो– ‘मैले फलानो देशमा यो अस्पतालमा उपचार गरेँ भनेर देखाउनका लागि विदेश जाने केही वर्ग छ ।’

    क्यान्सर रोगको पहिचान गर्ने पेटस्क्यान भित्राउन र सञ्चालनका लागि सरकारले सहजीकरण गरिदिएमा कुनै पनि बिरामी उपचारका लागि विदेश जानुनपर्ने उहाँको भनाइ छ । आफ्नो मेडिकल कलेजमा राजधानी काठमाडौँदेखि विभिन्न जिल्लाबाट बिरामी आउने गरेका जनाउँदै उहाँले नेपालको शुल्कमा अन्यत्र कहीँ पनि उपचार सम्भव नभएको बताउनुभयो । अङ्ग प्रत्यारोपणदेखि क्यान्सरको उपचार पनि नेपालमा सम्भव भएको जनाउँदै उहाँले सरकारले सरकारी र निजी क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउनुभयो ।

    स्वास्थ्य र शिक्षामा निजी क्षेत्रको ठुलो लगानी भएकाले उपचार र स्वास्थ्य शिक्षाका लागि बाहिरिने ठुलो धनराशि रोक्न पनि राज्यले पहल गर्नुपर्ने उहाँको भनाइ छ । (रासस)

    शनिबार, भदौ ०५, २०७८ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति
    सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • २.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ३.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ४.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ५.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ६.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ७.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    • ८.
      जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.