• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

जापानमा होटल मजदुरको समस्या


  •   शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
  • -देवेन्द्र बस्याल
    जापानमा अहिले करिब ९० हजार नेपालीहरू रहेको अनुमान गरिएको छ । तिनीहरू नेपालबाट विभिन्न भिसामा जापान आएका हुन्छन् । जस्तै कि कोही अध्ययनका लागि विद्यार्थी भिसामा, कोही वर्किङ भिसामा होटल, रेस्टुरेन्टमा काम गर्न, कोही विभिन्न सेक्टरमा प्रशिक्षार्थीको रूपमा काम गर्न त कतिपय नेपालीहरू बिजनेसका लागि आएका हुन्छन् भने कतिपय डिपेन्डेन्ट भिसामा पनि आएका हुन्छ

    Advertisement

    अहिले कतिपय नेपालीहरू भिजिट भिसामा जापान छिर्ने र कतिपय लुकेर काम गर्ने त कतिपयले विभिन्न बहाना बनाएर शरणार्थीको रूपमा काम गर्ने गरेका छन् । आखिरमा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू जुन जुन रूपमा जापान आएपनि उहाँहरू नेपालमा गतिलो काम नपाएर गास, बास, र कपासको समस्याले विदेशिन बाध्यहुनुभएको हो भन्ने कुरामा कसैको दुईमत छैन ।

    जापानमा जो होटल रेस्टुरेन्टमा काम गर्नका लागि आउनुभएको छ उहाँहरूका समस्या अलि ठुला खालका छन् । जापानमा केही टाँठाबाठाहरूले कम्पनी बनाएर होटल रेस्टुरेन्ट खोल्ने, नेपालबाट कुक ल्याउने, कुक ल्याउँदा जनही १२/१५ लाख असुल्ने, जापान ल्याएर कतिपयले काम नदिने, कतिपयले काम दिएपनि एकसालपछि कामबाट निकाल्ने, पारिश्रमिक अत्यन्तै थोरै दिने, दिनमा १४ घण्टासम्म काममा लगाउने, ओभरटाइम काम गरेको पैसा नदिने, कतिपयले त हप्तामा एकदिन छुट्टी पनि नदिने, कमसल खालको खाना दिने, कचकच बढी गर्ने, तथानाम गाली गर्ने, कतिपयले हप्तामा आधा छुट्टी भनेर ४र५ बजेतिर छोडिदिने गरेका कैयौँ उदाहरण छन ।

    व्यवसायीहरूको यस्तो खालको घटिया कामले गर्दा अहिले जापानमा नेपालीहरूको मृत्युदर ह्वात्तै बढेर गएको छ । औसतमा दुई महिनामा तीन जना नेपालीले जापानमा ज्यान गुमाउने गरेको पाइएको छ ।
    यसरी नेपालीको मृत्युदर बढ्नुको कारण के होला भन्ने सवालमा जिज्ञासा राख्दा जापान नेपाली एकता समाजका एकजना सदस्यले भने–‘काममा व्यवसायीहरूले मानसिक यातना दिने, तल्लोदर्जाको खाना दिने र कामदारको सालमा एक वा दुईपटक पनि मेडिकल चेकअप अर्थात् स्वास्थ्य जाँच नगरिदिने गरेका कारण कैयौँ नेपालीले जापानमा अकालमा वा अल्पायुमै ज्यान गुमाउनुपरेको छ ।

    जापानमा स्थापना भएका सयौँसङ्घ/संस्थाहरूले केवल मानव ढाल बनाएर पैसा कमाउने र रमाउने काम मात्र गरेका छन तर मानवले मानवको सेवा गर्नुपर्छ भन्ने कुरा उनीहरूले भुलेका छन् । कामदार वा मानिस मरेपछि गर्ने सहयोग वा उद्धारभन्दा मर्नुपूर्व गर्ने सचेतना कार्यक्रम, शोषण–दमनको विरुद्ध सङ्घर्ष, अन्याय–अत्याचारको विरुद्ध अवाज बुलन्द गर्नु, श्रमिकहरूले पाउने हक–अधिकारका विषयमा बोल्नुजस्ता कार्यले मृत्यु दरलाई कम गर्न सकिन्छ ।”

    जापानमा नाम र दाम कमाएका नेपाली सङ्घ/संस्थाहरू थुप्रै छन तर तीमध्ये एनआरएनए जापान र गलकोट समाज अली बढी नाम चलेका समाज हुन् तर उनीहरूले समस्यामा परेका नेपालीलाई सहयोग गर्नेभन्दा पनि आफूहरूलेनै समस्या पारिदिने र मरेपछि सहयोग गर्ने गरेको देखिन्छ । त्यसको उदाहरण उनीहरूले खोलेका होटल,रेस्टुरेन्टमा पुगेर नेपाली कुक मजदुरको अवस्था कति विकराल छ भन्ने कुरा बुझ्न गाह्रो पर्दैन ।

    कुनै पनि होटल,रेस्टुरेन्टमा काम गर्दागर्दै मरेको खण्डमा, ठुलै रोग लागेको खण्डमा, चोटपटक लागेको खण्डमा ती होटल,रेस्टुरेन्टका मालिकले क्षतिपूर्ति दिने गरेको वा मजदुरको उपचार गर्ने गरेको पाइँदैन, बरु विभिन्न बहाना बनाएर बिरामी वा कामदारलाई कम्पनीबाट निकाल्ले गरेका छन् ।

    यसरी बाहिर सङ्घ/ संस्था खोलेर नेता बनिरहने र भित्र होटल,रेस्टुरेन्ट खोलेर मजदुरलाई चुसिरहने प्रवृत्ति कहिलेसम्म चलिरहने हो जापानमा ? यसको पर्दाफास कहिले गर्ने, कसले गर्ने ? बिबिसीका पत्रकारदेखि रवि लामिछानेसम्म आएर गए । उनीहरूसमक्ष कैयौँ पीडित नेपालीले खुलेआम समस्या राखे तर त्यसको केही दिनमा जोजोले समस्या राखे, उनीहरूको जागिर साहुले खाइदिए ।

    अहिले पनि जापानजस्तो देश, जहाँ सेकेन्ड सेकेन्डको महत्व हुन्छ, त्यहाँ नेपालीहरू ५६ महिनादेखि कामबाट निकालिएका, पुनःनयाँ काम नपाएर बसेको अवस्था छ । यही बेरोजगार बढेका कारण, अदक्ष, अनुभवहीन कामदार, अनुसाशनविहीन मानिस बढेका कारण अहिले जापान सरकारले नेपाली कुक र नेपाली विद्यार्थीको भिसा दिएको छैन ।

    जापानमा छिरेका कतिपय नेपाली विद्यार्थीका गलत क्रियाकलापका कारण र उनीहरूको सोच्ने क्षमता र अन्यायका विरुद्ध आवाज उठाउन नसक्नुका कारण उनीहरूले अकालमा ज्यान गुमाउने गरेका छन ।

    त्यसैगरी, विद्यार्थी जगतबाटनै बढीमात्रामा जापानी समाजका मूल्य–मान्यतालाई नअपनाएको वा बेवास्ता गरेको आरोप लाग्ने गरेको छ, जसले गर्दा नेपालीलाई जापानीले बस्ने कोठासम्म नदिने गरेको पाइन्छ । कम्तीमा पनि ५० ठाउँमा फोन गर्दा एकाध ठाउँमा नेपालीलाई हुन्छ भन्छन् तर त्यस्ता कोठा उपयुक्तखालका हुँदैनन् ।

    जापानीले नेपालीलाई कलझगडा बढी गर्ने, होहल्ला गर्ने, चर्को फोनमा कुरा गर्ने, कोठा फोहर गर्ने, सफा नगर्ने, शौचालय र बाथरुम सफा नगर्ने, फोहोर सबै एकैठाउँमा पोकोपारेर फ्याकिदिनेजस्ता गलत काम गरेका कारण कोठा नदिने गरेको पाइएको छ । यिनै गलत र कमजोर क्रियाकलापका कारण अन्यले हेप्ने गरेका हुन्छन् भन्ने कुरा नेपालीले कहिले बुझ्ने हो ? व्यक्तिगत आनिबानीलाई तुरुन्त सुधार गर्दै जापानमा रहनुहुने नेपाली दाजुभाइ तथा दिदीबहिनी सबैले होटल मजदुरहरूमाथि भएको दमन, दासजस्तो व्यवहारका विरुद्ध एक भएर हातमा हात, काँधमा काँध मिलाएर व्यवसायीका गलत क्रियाकलापका विरुद्ध आवाज उठाउँदै जापान सरकार तथा नेपाल सरकारलाई झक्झकाउनसकेको खण्डमा पक्कै पनि नेपाली कुकमजदुरले जापानमा मुक्ति पाउने छन् र अकालमा ज्यान फाल्ने छैनन् ।

    शुक्रबार, कार्तिक २२, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ
    पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका
    उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका
    खोजीकार्यका लागि परिवारको अपिल
    प्युठानका तिलक रानाको गुजरातमा निधन, मूल प्रवाहद्वारा परिवारलाई २४ हजार ८५० भारु सहयोग

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.