देबेन्द्र केसी, नयाँ दिल्ली
रुपन्देहीमा रहेर समाजसेवा गर्दै आईरहेका भुर्तुङ्गेली युवाहरुले आफ्नै लगानी र आफूहरुले नै कर्जा प्रवाह गर्ने गरी ‘आर्थिक उत्थान कोष’ को गठन गरेका छन् ।
गुल्मीको भुर्तुङ्ग (छापचौर) जन्मस्थान भएका यी युवा ‘छापचौरको लगानी, छापचौरकै हितमा’ भन्ने नारासहित कोष निर्माण गरेको कोषाध्यक्ष टिका सुबेदीले जानकारी दिए ।
हाल सत्र जनाको टिम रहेको यो कोषमा प्रति सदस्य अधिकतम बिस हजार रुपैयाँ र न्युनतम पाँच हजार रुपैयाँ सदस्यता रकम कायम गरिएको छ । भुर्तुङ्ग जन्मघर भएका र हाल नेपाल तथा विदेशको जुनसुकै स्थानबाट सदस्यता प्राप्त गर्ने र कर्जा लिने सुबिधा कोषले दिएको छ ।
उत्साहजनक प्रकृयाबाट गठन भएको कोषले अहिले पाँच लाखको जमा पुँजी बनाएको छ । नव गठित तदर्थ समितिले ब्यापक भेला डाकेर समिति बनाउने सहमतिसहित सन्तोष पौडेलको अध्यक्षतामा तदर्थ समिति बनाएको छ । जसको उपाध्यक्षमा फट्टिक केसी र कुल बहादुर कार्की, सचिव सागर केसी, सह–सचिव बिसन केसी र कोषाध्यक्ष टीका सुबेदी रहेका छन् ।