काठमाडौं । कास्की जिल्लाको क्षेत्र न. २ मा हुने उप निर्वाचनका लागि सत्तारुढ नेकपाले विद्या भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । भट्टराई पूर्वमन्त्री रवीन्द्र अधिकारी पत्नी हुन् ।
Advertisement
ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि खाली भएको कास्की २ बाट पत्नी भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको नेकपा स्रोतले जनाएको छ । विद्यार्थी राजनीतिमा सक्रिय भट्टराई हाल त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापक हुन्।
नेकपा कास्की जिल्ला कमिटीले विद्या भट्टराई एक जनाको नाम मात्र उम्मेदवारका लागि सिफारिस गरेको थियो भने गण्डकी प्रदेश कमिटीले उनीसहित सोमनाथ अधिकारी र राजकाजी गुरुङको नाम पनि केन्द्रमा पठाएको थियो ।