काठमाडौं । काठमाडौंको लप्सिफेदीमा यात्रुबहाक बस दुघटना हुँदा तीन जनाको ज्यान गएको छ । दुर्घटनामा ६५ जना घाइते भएका छन् । सात जनाको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।घाइतेमध्ये दुई जना विदेशी पर्यटक छन् ।
Advertisement
बिहीबार दिउँसो सिन्धुपाल्चोकबाट काठमाडौँ आउँदै गरेको आमा हेलम्बु यातायातको बा ५ ख ५०७० नम्बरको बस लप्सिफेदीको पुल नजिकैको मोडमा दुर्घटनामा परेको हो ।
घाइतेको साँखु लाइफ केयर, सुस्मा कोइराला, जोरपाटी, अत्तरखेलस्थिल रहेको शंकारपुर र नेपाल मेडिकल, चावहिलको हेल्पीङ हेण्ड, ओम, मेडिकेयरलगायतका अस्पतालमा उपचार भइरहेको छ ।