काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई पटक मिर्गौलाको डायलासिस गरिएको छ । अस्वस्थ भएर ग्रान्डि अस्पताल भर्ना भएका प्रधानमन्त्री ओलीको बुधबार राति र बिहीबार गरी दुई पटक मिर्गौलाको डायलासिस गरिएको हो ।
प्रधानमन्त्रीको मंगलबारदेखि पिसाव हुन नसकेपछि बुधबार विहान ग्राण्डि अस्पताल भर्ना गरिएको थियो । अस्पतालमा परिक्षण गरेपछि उनको छातीमा एक लिटर भन्दा बढि पानी जमेको देखिएको थियो । उनको मिर्गौलाले काम गर्न छोडेको रिपोर्टहरुले देखाएपछि आकस्मिक रुपमा डायलासिस गर्ने निर्णयमा चिकित्सकहरु पुगेका हुन् ।
यसैबीच, प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बुझ्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ग्राण्डी अस्पताल पुगेका छन् । यसअघि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ एवं नेता भीम रावल पनि ग्राण्डी पुगेका थिए ।यद्यपी प्रधानमन्त्रीको सचिवालय र अस्पतालले भने यसबारे आधिकारिक रुपमा केही खुलाएका छैनन् ।