बाग्लुङ । अखिल (छैठौं) बाग्लुङले आउँदै गरेको दिपावलीको अवसर पारेर जिल्लाभर प्रगतिशील देउसी भैलो खेल्ने तयारी गरेको छ । सो को तयारी अनुसार बाग्लुङ जिल्लाका सबै गाउँपालिका र नगरपालिकामा एक महिना अगाडि देखिनै कलाकार प्रशिक्षण कार्यक्रम सुरु गरेको अखिल (छैठौं) ले जनाएको छ ।
Advertisement
बुर्जुवा गीत संगीत बजाएर मौलिकता हराउँदै गएको अवस्थामा आफूहरुको प्रगतिशील देउसी भैलोले समाज र राष्ट्रमै सकारात्मक सन्देश जाने अखिल (छैठौं) बाग्लुङका सचिव दिपेन्द्र पौडेलले बताउनुभयो ।
प्रगतिशिल देउसी भैलोको उदघाट्न १० गते सबै गाउँपालिका र नगरपालिकामा एकैसाथ हुने छ । आउँदो चैत्रमा काठमाडौंमा हुने आफ्नो संघीयता विरुद्धको कार्यक्रमको प्रचारप्रसार स्वरुप अखिल (छैठौं) ले देउसी भैलो कार्यक्रम सुरु गरेको हो ।