• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, असोज ०३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

उत्तरी सागरमा कार्बन भण्डारण सुरु

मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

बोलिभियामा नयाँ जङ्गली बिरालो

भारत–भुटान ऊर्जा सहकार्य विस्तार

सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

लोकप्रिय समाचार

  • १. जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

  • २. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • ३. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ४. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ५. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ६. भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

  • ७. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ८. वृद्धाश्रममा आगलागी हुँदा १६ जनाको मृत्यु

  • ९. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • १०. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

‘भारतमा कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुरा’


  •   बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
  • धनबीर पुन, नयाँ दिल्ली । भारतमा कम्युनिष्ट पार्टी स्थापना भएको एक सय वर्ष पुरा भएको छ । कम्युनिष्ट आन्दोलनले शताब्दि पुरा गरेको अवसरमा भारतमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ, जहाँ मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पनि सहभागी छ ।

    Advertisement

    यद्यपी भारतमा कम्युनिष्ट पार्टी स्थापनाको मितिबारे एकमत छैन । तैपनि भारतको तासकन्दमा गठित कम्युनिष्ट पार्टीको समिति सबैभन्दा पहिलो समिति मानिन्छ, जसको स्थापना भएको सय वर्ष पुगेको हो ।

    पार्टी स्थापनाको एक सय वर्ष पुगेको अवसरमा भाकपा(माले) रेडस्टारको आयोजनामा एक विचार गोष्ठिको आयोजना गरिएको थियो । विचारगोष्ठिमा भाकपा (माले) का महासचिव के एन रामचन्द्रनले आधारपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका सचिव ठाकुर खनालले भारतीय कम्युनिष्ट आन्दोलनलाई नेपालको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनका तर्फबाट शुभकामना दिुभएको थियो ।

    कार्यक्रममा महासचिव रामचन्द्रनले आधारपत्र प्रस्तुत गर्दै भन्नुभयो, ‘सन् १९१७ को रुसी अक्टोबर क्रान्तिको विश्वव्यापी प्रभाव परेको बेला रुसी पार्टीको पहलमा तेस्रो इन्टरनेसनल गठन भएको तासक्न्द सम्मेलनमा भारतबाट पनि प्रतिनिधित्व थियो । र त्यहीका सविकको अध्यक्षतामा समिती गठन भएको थियो ।

    त्यसको साथै भारतमा कम्युनिस्ट आन्दोलनको सुरुवात भएको हो । पार्टी स्थापनाको विषयमा कैयौं मतभेद हुन सक्छन् र छन तै पनि तासकन्दमा गठित समिति सबैभन्दा पहिलो समिति हो त्यस पछि १९२५ मा कानपुर समिति गठन र १९२७ मा पुनर्गठन भएको थियो ।’

    महासचिव रामचन्द्रनका अनुसार भारतीय कम्युनिस्ट आन्दोलनले कैयौं उतारचढाव पार गरेको छ । उहाँले अगाडि थप्नुभयो, ‘तेलंगाना आन्दोलन, बंगाल आन्दोलन आदिमा जनताले आन्दोलनको व्यापक प्रभाव रहेको र त्यसको असर अहिले सम्म सामाजिक रूपमा रहेको पाउँछौ । तर पार्टी नेतृत्वले देशको परिस्थिति अनुकूल राजनैतिक दिशा निर्देशन दिन नसक्दा आन्दोलनका उपलब्धिहरु स्थापित हुन सकेनन् ।

    स्वतन्त्रता आन्दोलनको समयमा अन्तरास्ट्रवादी दृस्टिकोण राख्न सकेन जसले गर्दा व्यापक जन समर्थनका वावजुद आन्दोलनको नेतृत्व नेहरु गान्धीहरुको रह्यो । नेतृत्वले राजनैतिक अन्धानुकरणले गर्दा रुसी कम्युनिस्ट पार्टीले संसोधनवादीबाटो समाते पछि पार्टी त्यसको पछि लाग्यो । पार्टी बिभाजन पछी १९६२ मा मार्क्सवादी कम्युनिस्ट पार्टी गठन भयो ।

    त्यसबाट मानिसहरुले ठूलो अपेक्षा गरेका थिए तर त्यसले पनि बुजुर्वा वर्ग प्रतिको सही दृष्टिकोण अपनाउन सकेन र रुसी संशोधनवाद प्रति मौनताको निति अपनायो । चीनको पार्टीले पुंजीवादीबाटो समाते पछी त्यसैको पछी लाग्यो । १९६७ मा नक्सलबाडी आन्दोलन भयो ।

    त्यो आन्दोलनमा कैयौं कमीकमजोरी होलान् र छन् तर त्यसले रुसी चीनी संसोधनवाद विरुद्ध मालेमाको लाइनलाई अगाडि बढायो ।१९७९ देखि सीपीआई एमएल (रेडस्टार) को रूपमा हामीहरु काम गरि रहेका छौं । हामी छरिएर रहेका क्रान्तिकारी शक्तिहरुलाई एकीकृत गर्दै क्रान्तिकारी आन्दोलन उठान गर्ने काम गरेका छौं । अहिले विश्वव्यापी रूपमा साम्राज्यवाद हावी भएको छ र कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्था छ ।

    साम्राज्यवादको शोषणमा जनता छट्पटीमा छन् साना र कम्जोर राष्ट्र माथि हमला भएको छ यो गम्भीर परिस्थिति छ । क्रान्तिकारीहरुले परिस्थिति अनुसारको नीति र कार्यक्रम तय गरि अगाडि बढ्नुको विकल्प छैन । हामी भारत कम्युनिस्ट आन्दोलनको १०० वर्षको अवसरमा हामी वर्ष भरी विभिन्न कार्यक्रम गर्दै हाम्रो इतिहासमा भएका कमीकमजोरीबारे खुल्ला र व्यापक छलफलका साथ अगाडी बढ्ने छौ ।’

    महासचिव रामचन्द्रनको वक्तव्यको क्रममा उमाकान्तले दुभाषीको रूपमा हिन्दी अनुवाद गर्नु भएको थियो । तुहिनको अध्यक्षता तथा सञ्चालनमा अगाडि बढेको कार्यक्रममा पिबीएम तथा बंगाल इन्चार्ज अलीक चक्रवर्ती, प्रवीण नाटकर, प्रदीप सिंह ठाकुर, आन्द्र प्रदेशका मानवाधिकारवादी तथा वामपन्थी व्यक्तित्व भास्कर रावले आ–आफ्नो विचार प्रस्तुत गर्नुभएको थियो ।

    हिन्दी भाषी वक्ताहरुको संछिप्त अनुवाद शंकरदास र अङ्ग्रेजी वक्ताहरुको समिष्ठा मुखर्जीले गर्नु भएको थियो । कार्यक्रमको अन्तमा दिल्ली प्रदेश कमिटीबाट विमल भास्करको धन्यवाद मन्तव्य सहित कार्यक्रम समापन भएको थियो ।

    बुधबार, कार्तिक ०६, २०७६ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी
    इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन
    ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा
    उत्तरी सागरमा कार्बन भण्डारण सुरु
    मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति
    बोलिभियामा नयाँ जङ्गली बिरालो

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी प्रदर्शनका लागि अमेरिकाले प्रायोजन गरेका चार जना को हुन् ?

    • २.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • ३.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ४.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ५.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ६.
      भारतको राजपुरामा रसुवाबाढी प्रभावितका लागि राहत सङ्कलन

    भर्खरै

    • १.
      संविधान निर्माणमा मुख्य भूमिका आफ्नो पार्टीको रहेको मसालको दाबी

    • २.
      इरान युद्धले अमेरिकास्थित प्रवासी समुदायमा तीतो विभाजन

    • ३.
      ट्रम्प प्योङयाङसँग वार्ताको पक्षमा

    • ४.
      उत्तरी सागरमा कार्बन भण्डारण सुरु

    • ५.
      मलेसियाका पूर्व प्रधानमन्त्री नाजिबलाई नजरबन्दका लागि अनुमति

    • ६.
      बोलिभियामा नयाँ जङ्गली बिरालो

    • ७.
      भारत–भुटान ऊर्जा सहकार्य विस्तार

    • ८.
      सहायक प्रजनन प्रविधिको नाममा शोषण रोक्न सरकारलाई सांसद विश्वकर्माको कडा दबाब

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.