डोटी । राष्ट्रिय जनमोर्चा निकट जातीय समता समाजका सुदूरपञ्चिम प्रदेश सदस्य सिद्धसिंह बिकले आफू राष्ट्रिय जनमोर्चामै आवद्ध रहेको स्पष्ट पार्नुभएको छ ।
केही पत्रपत्रिका र सामाजिक सञ्जालमा पार्टी छोडेर नेकपामा प्रवेश गरेको भन्दै आफू र परिवारका सदस्यहरुको नामसमेत मुछिएकोप्रति अचम्म लागेको भन्दै बिकले त्यस्ता समाचारमा कुनै सत्यता नरहेको बताउनुभएको हो । उहाँले आफू र श्रीमती इन्द्रा बिक राष्ट्रिय जनमोर्चाको राजनीतिप्रति दृढ रहेको पनि विज्ञप्तिमार्फत स्पष्ट पार्नुभएको छ ।
नेता बिकद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘म र मेरी श्रीमतीको नाम जोडेर कतिपय सामाजिक सञ्जाल र सञ्चार माध्यमले राष्ट्रिय जनमोर्चा परित्याग गरी नेकपामा प्रवेश गरेको समाचार सम्प्रेषण गरेकोमा त्यसमा कुनै सत्यता नभएको, म र मेरो श्रीमती राष्ट्रिय जनमोर्चामा नै आवद्ध र दृढ रहेको कुरा यसै प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छु ।’ सिद्वसिंह विक, इन्द्रा विक