काठमाडौं । ज्यान मुद्दामा पक्राउ पुर्जी जारी गरिएका सांसद पार्वत गुरुङ साधारण तारेखमा रिहा भएका छन् । आइतबार आफै अदालतमा हाजिर भएका गुरुङलाई काठमाडौँ जिल्ला अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको हो ।
Advertisement
काठमाडौँ जिल्ला अदालतले १२ भदौ २०७६ मा जिल्ला प्रहरी कार्यालय दोलाखालाई पत्र पठाउँदै अदालत उपस्थित गराउन आदेश गरेको थियो ।जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय सिँगटीमा पत्र पठाएपछि ८ असोजमा गुरुङलाई म्याद तामेल गरिएको थियो।
अदालतको आदेश बमोजिम सांसद गुरुङ आइतबार बिहान सवा १० बजे अदालत उपस्थित भएका थिए ।