डोटी । राष्ट्रिय जनमोर्चा डोटीले मिनबहादुर मलासी पार्टीमा नरहेको स्पष्ट गरेको छ ।
Advertisement
जिल्ला अध्यक्ष बेणीमाधव जोशीले शुक्रबार विज्ञप्ति प्रकाशित गरी पार्टी विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा जिल्ला उपाध्यक्ष मिनबहादुर मलासीलाई पार्टीबाट अनिश्चितकालका लागि निस्कासन गरेको जनाउनुभएको छ ।
यस्तै, राजमोले कतिपय सञ्चारमाध्यमले राजमोका एक दर्जन कार्यकर्ता नेकपामा प्रवेश गरेको भन्ने समाचार प्रकासित गरेको भन्दै त्यसमा कुनै सत्यता नरहको पनि बताएको छ ।

