बागलुङ । जातीय समता समाज जिल्ला समिति बागलुङको २ दिने प्रशिक्षण भेलाको उदघाटन कार्यक्रम विहीबार बागलुङ बजारमा सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि जातिय समता समाज पूर्व केन्द्रीय अध्यक्ष तथा सल्लाहकार राजेश बिश्वकर्माले दिप प्रजवलन गरि उदघाटन गर्दै दलित समुदाय सबैभन्दा बढी उत्पिडित समुदाय बताउनु भयो ।

उहाँले छुवाछूतको अन्त्यले मात्र यो समुदायको समस्या हल नहुने भन्दै, यो बर्गिय समस्या भएको र यसलाई बर्गिय रुपले नै समाधान गर्नुपर्ने जरुरी रहेको बताउनु भयो । अध्यक्ष बिश्वकर्माले उत्पिडित बर्गलाई प्रशिक्षित र संगठित पार्दै मुक्तिका लागि गोलबन्द पार्न समेत आव्हान गर्नु भयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका परिषद सदस्य तथा जिल्ला सल्लाहकार गौरीश्वर पाण्डे, परिषद सदस्य तथा अखिल नेपाल युवक संघका पूर्व केन्द्रीय अध्यक्ष तिलक थापा, राष्ट्रिय जनमोर्चा जिल्ला उपाध्यक्ष धर्म कुंवर, अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रीय सल्लाहकार नर बहादुर पुन, अखिल (छैठौ)का पूर्व केन्द्रीय महासचिव तथा राष्ट्रिय जनमोर्चा जिल्ला सचिव भिमलाल पोखरेल, अखिल नेपाल महिला संघका जिल्ला सदस्य रुद्रा कुमारी रोका, रक्तिम सांस्कृतिक अभियान जिल्ला सचिव सहविन अर्गेजा लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।

कार्यक्रम जिल्ला उपाध्यक्ष पन बहादुर विकको अध्यक्षता, जिल्ला सचिव रन बहादुर रिजालको सञ्चालन र जिल्ला सदस्य नर बहादुर सुनारको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।
दुई दिन सम्म चल्ने प्रशिक्षण भेलामा विभिन्न विषयमा प्रशिक्षण, सांगठनिक कार्ययोजना सहित नयाँ नेतृत्व चयन गर्दै भोली कार्तिक १ गते सम्पन्न हुनेछ ।