कञ्चनपुर । रक्तिम सांस्कृतिक अभियानले कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं ३ मा संगठन बिस्तार गरेको छ । रक्तिम सांस्कृतिक अभियान कञ्चनपुरका अध्यक्ष ललित चन्दको विशेष उपस्थितिमा बुधबार सम्पन्न एक भेलाले समिति निर्माण गरेको हो ।
Advertisement
समितिको अध्यक्षमा बिराट चन्द, उपाध्यक्ष आशिस चन्द, सचिव योगस चन्द स–सचिब मनिषा चन्द र कोषाध्यक्षमा सोनु खडका रहनुभएको छ । ११ सदस्यीय समितिको सदस्यहरुमा दिपेस चन्द, सिमरन शाही, प्रवेस चन्द, सागर दास, अनिल खाती र एउटा रिक्त राखिएको छ । यस्तै, सल्लाहकारमा नरेन्द्र गुर्धामी र भावना चन्द चयन हुनुभएको छ ।
कार्यक्रममा नेकपा (मसाल) कञ्चनपुरका प्रवक्ता लक्ष्मीदत्त बडु, अखिल (छैटौं) का माहासचिव महेशराज जोशीलगायतको उपस्थिति रहेको थियो ।