• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
बिहिबार, भदौ ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

तीज गीत : छोरी–चेलीको सुरक्षा

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

देशभर मनसुनी वायुको प्रभाव कायमै : पूर्वानुमान महाशाखा

लोकप्रिय समाचार

  • १. उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

  • २. चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

  • ३. तीज गीत : देश पोलेर

  • ४. मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

  • ५. जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

  • ६. रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

  • ७. तिज गीत: उठ सारा चेली

  • ८. काठमाडौँ मसालका प्रवक्ता रेग्मीलाई मातृशोक

  • ९. ओली–प्रचण्डको कमजोरीले कम्युनिस्ट आन्दोलन कमजोर भयो : रामप्रकाश पुरी

  • १०. मूल प्रवाह पश्चिम भारत क्षेत्रीय समितिको अध्यक्षमा प्रविण सिंह काउछा

उपलब्धि संस्थागत नहुँदा आन्दोलनमा गइरहनुपर्ने बाध्यता : जनकराज शर्मा (भिडियो)


  •   शनिबार, माघ १०, २०७७ मा प्रकाशित
  • प्रकाश थापामगर/गोविन्दकुमार शर्मा, काठमाडौंँ ।।

    Advertisement

    राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले जनताको आन्दोलनद्वारा प्राप्त उपलब्धि संस्थागत हुन नसक्दा नेपाली जनता पटक–पटक आन्दोलनमा गइरहनुपर्ने बाध्यता यथावत रहिरहेको बताउनुभएको छ ।

    राजमो काठमाडौँको आयोजनामा २०७७ माघ १० गते गोङगबुमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

    ‘जनताको जनान्दोलनले एक खालको उपलब्धि प्राप्त गर्दछ’ कार्यक्रममा प्रमुख अतिथि शर्माले भन्नुभयो– ‘तर आन्दोलनपछि सत्तामा आएको शक्तिले उपर्युक्त उपलब्धिलाई संस्थागत गर्न सक्दैनन् ।’

    उहाँले जनान्दोलनपछि सत्तामा आएका शक्तिहरूको असक्षमताकै कारण बारम्बार जनान्दोलनका उपलब्धि गुम्ने गरेको बताउँदै इतिहास खोतल्नुभयो ।

    ‘२००७ सालको राजनीतिक परिवर्तनपछि २०१५ सालको आम चुनावबाट नेपाली काङ्ग्रेसको सरकार बन्यो’ उहाँले भन्नुभयो– ‘तर नेपाली काङ्ग्रेसको सरकारले २००७ सालको उपलब्धि संस्थागत गर्न नसक्दा राजा महेन्द्रले २०१७ सालमा कू गरे ।’

    उहाँले त्यसपछि ३० वर्षसम्म नेपाली जनताले निरङ्कुश पञ्चायती कालरात्री बेहोर्न नेपाली जनता विवश भएकोतर्फ ध्यानाकर्षण गराउनुभयो ।
    राजमो महासचिव शर्माले त्यसपछि पनि नेपालका सत्ताइतर राजनीतिक दलहरूको राजनीतिक संस्कार नसुध्रिएको दावी गर्नुभयो ।

    ‘२०४६ सालको जनान्दोलनपछि हामीले भन्यौँ, संविधान सभाको चुनाव गरेर सार्वभौमसत्ता जनतामा हस्तान्तरण गरौँ’ उहाँले भन्नुभयो– ‘तर नेपाली काङ्ग्रेस र तत्कालीन वाममोर्चाले हाम्रो सुझाव मानेनन्; र, संविधान सुझाव आयोगबाट संविधान बन्यो ।’

    उहाँले स्मरण गराउनुभयो– ‘तपाईंहरूलाई थाहै छ, २०४७ सालको संविधानभन्दा राजा माथि भएकै कारणले २०५९ सालमा फेरि प्रतिगमन भयो; र, त्यसका विरुद्ध जनता फेरि आन्दोलनमा जानुपर्यो ।’

    २०४६ सालपछि पनि सत्तासिन पार्टीले पटक–पटक जननिर्वाचित संसद विघटन गर्ने गरेको स्मरण गर्दै महासचिव शर्माले २०७२ सालको संविधानमा जनआन्दोलनको माग नहुँदा नहुँदै पनि जबर्जस्ती सङ्घीयता घुसाइएको दावी गर्नुभयो ।

    ‘२०७२ सालको संविधानले गणतन्त्र, धर्म निरपेक्षता र समावेशिता लिपिबद्ध गरेको छ’ उहाँले भन्नुभयो– ‘तर यतिखेर फेरि गणतन्त्रमाथि कालो बादल मडारिइरहेको छ ।’

    उहाँले जननिर्वाचित प्रतिनिधि सभा विघटन गरेर ओली सरकारले फेरि जनान्दोलनको उपलब्धि समाप्त गरेको बताउनुभयो ।

    निस्कर्षमा उहाँले भन्नुभयो– ‘अहिले केपी ओली सरकारले प्रतिनिधि सभा विघटन गरेर २०६२–६३ सालको जनान्दोलनको उपलब्धि समाप्त गरेकाले अर्थात् गणतन्त्रमाथि धावा बोलेकाले त्यसका विरुद्ध प्रतिनिधि सभा पुनःस्थापनाका लागि जनता आन्दोलिन हुनुपर्ने अवस्था सृजना भएको छ ।’

    राष्ट्रिय जनमोर्चा सत्तासिन पार्टीहरूभन्दा फरक ढङ्गले निरन्तर नेपाली समाजको आमूल परिवर्तनको पक्षमा क्रियाशील पार्टी भएको दावी गर्दै उहाँले प्रतिनिधि सभा पुनःस्थापनाको आन्दोलनमा सहयोग, समर्थन गर्न आम जनतासित अपिल गर्नुभयो ।

    कार्यक्रममा अखिल नेपाल खेलकुद महासङ्घका संयोजक पृथ्वी थापा, प्रगतिशील पत्रकार सङ्घका केन्द्रीय सदस्य प्रकाश थापामगर र नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले पनि सम्बोधन गर्नुभएको थियो ।

    जातीय समता समाजका केन्द्रीय सदस्य भक्त विकको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा राजमो नेता आनन्द शर्मा, राजमो केन्द्रीय सदस्य सुधा शर्मा, नेकपा (मसाल) बागमती प्रदेशका प्रवक्ता समीर सिंह र अखिल नेपाल जनजाति सम्मेलनका अध्यक्ष निमबहादुर बुढाथोकीको पनि आतिथ्यता रहेको थियो ।

    कार्यक्रममा राजमो सचिव छवि खनालले स्वागत मन्तव्य राख्नुभएको थियो ।

    रक्तिम सांस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार मधु क्षेत्रीले “आह्वान” शीर्षकको कविता प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यक्रममा रक्तिमकै केन्द्रीय सचिव हेमराज आश्रमले “तानाशाह बन्न नखोज” शीर्षकको गीत तथा कलाकारहरूले “मधेसी–पहाडी” र “तलमा पर्यो” शीर्षकको गीतमा नृत्य प्रस्तुत गर्नुभएको थियो ।

    कार्यक्रमको अध्यक्षता राजमो टोखा नगर समितिका अध्यक्ष दिवाकर सुवेदीले गर्नुभएको थियो ।

    शनिबार, माघ १०, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन
    रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता
    रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन
    भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु
    भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन
    चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      उद्वव थापा पार्टीको साधारण सदस्यसमेत नरहनेगरि निष्कासित

    • २.
      चार महिनादेखि बन्धक युवतीको मूल प्रवाहको पहलमा उद्धार

    • ३.
      तीज गीत : देश पोलेर

    • ४.
      मूल प्रवाहले दिलायो ताराबहादुर दर्जीको परिवारलाई ५ लाख ४५ हजार राहत

    • ५.
      जनताले विकल्प खोजिरहेका छन्, नयाँ राजनीतिक व्यवस्था सम्भव छ : मोहनविक्रम सिंह

    • ६.
      रोल्पामा विप्लव नेतृत्वको नेकपाबाट १३ नेता–कार्यकर्ताको विद्रोह

    भर्खरै

    • १.
      रसुवाको बाढीपछि हुम्लाका १० जना सम्पर्कविहीन

    • २.
      रसुवा बाढी : १६५ जनाको शव फेला, ५७९ यात्रु बेपत्ता

    • ३.
      रसुवा बाढी : कञ्चनपुरका कर्मचारीसहित २४ जना सम्पर्कविहीन

    • ४.
      भोटेकोशी विपदमा छलफल गर्न सर्वदलीय बैठक सुरु

    • ५.
      भोटेकोशी बाढीः २८ प्रहरी सम्पर्कविहीन

    • ६.
      चिरपट प्रहारबाट धनकुटामा ७० वर्षीय बाबुको मृत्यु, छोरा पक्राउ

    • ७.
      तीज गीत : छोरी–चेलीको सुरक्षा

    • ८.
      आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.