दाङ । नेपाल पत्रकार महासंघ दाङ शाखाले प्रगतिशील पत्रकार महासंघ नेपालका केन्द्रीय उपाध्यक्ष एंव पत्रकार महेश रिजालको जीवन रक्षाका लागि सहयोग गर्न सबैसँग अपिल गरेको छ । मुटुरोगका कारण अप्रेशन गर्नुपर्ने अवस्थामा रहेका रिजालको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको भन्दै महासंघले रिजालको जीवन रक्षाका लागि सहयोगको अपिल गरेको हो ।
Advertisement
उपचारको क्रममा काठमाडौंको बाँसबारीस्थित सहिद गंगालाल हृदयरोग केन्द्रमा स्वास्थ्य परीक्षण गराउँदा उहाँको मुटुको ३ वटा रक्त नली बन्द भएको पाइएको छ । उपचारमा संलग्न चिकित्सकहरुले एक महिना भित्र अप्रेशन गर्नुपर्ने बताएका छन् ।
महासंघ दाङ शाखाले सहयोगका लागि सबैसँग आग्रह गर्दै रिजालको खाता रहेको बैंक अफ काठमाडौंको खाता नम्बर ०५५४०००००६३२५२४ सहयोग रकम जम्मा गरिदिन आग्रह गरेको छ ।
