आबुधाबी । नेपालीहरुको महान चाड दशैँ, तिहार तथा छठको अवसरमा युएईमा कार्यरत नेपालीहरुले शुभकामना आदान प्रदान गरेका छन् ।
युएई नेपाली एकता समाज केन्द्रीय समिति अन्तर्गत आबुधाबी क्षेत्रीय समितिको आयोजनामा राजधानी आबुधाबीको केपिटल पार्क (नेपालीहरुले राखेको नाम करुवा पार्क) मा कार्यक्रम सम्पन्न गरिएको हो ।
आबुधाबी क्षेत्रीय समितिका अध्यक्ष अर्जुनप्रसाद उपाध्यायको अध्यक्षता र समितिका सह सचिव टिकाराम नेपालीको सञ्चालनमा अगाडि बढेको उक्त कार्यक्रममा अनिल श्रेष्ठले स्वागत गर्नुभएको थियो ।
कार्यक्रममा शुभकामना दिँदै युएई नेपाली एकता समाजका केन्द्रीय अध्यक्ष जयबहादुर बिकले नेपालीको महान पर्वहरुले जसरी नेपालीहरुलाइ एकताको सिक्रीमा बाँध्न र नेपालीहरुबीच बलियो एकता कायम राख्न महत्त्वपूर्ण भुमिका खेल्छ, त्यसैगरी एकता समाजको उद्देश्य पनि नेपालीहरुको बिचमा एकता कायम गर्नु, भातृत्वको भावना बिकास गर्नु तथा राष्ट्रिययताको भावना जागृत पार्ने रहेको बताउनुभयो ।
एकता समाजको स्थापना, भुमिका र उद्देश्यमाथी प्रकाश पार्दै अध्यक्ष विकले सम्पूर्ण दाजुभाइ तथा दिदिबहिनीहरुलाइ संगठनमा आवद्ध हुन आह्वान पनि गर्नुभयो ।

कार्यक्रमका महिला बिभागकी केन्द्रीय सदस्य साबित्रा खनाल, क्षेत्रीय सचिव शोब बहादुर परियार, रक्तिम बिभाग आबुधाबिका अध्यक्ष नारायण केसी, मेष इन्चार्ज ऋषिराम बिक, रिता घिमिरे, खिममाया तिवारी , सुनिता ढकाल, प्रेमबहादुर परियार लगायतले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा महिला म्युजिक चियर खेलाइएको थियो । ९ जना दिदिबहिनीहरुले भाग लिएको उक्त खेलमा सृजना परियार प्रथम, खिममाया तिवारी द्वितीय र सुनिता नेपाल तृतीय हुनुभएको थियो । बिजेता खेलाडीहरुलाइ कार्यक्रमका अध्यक्ष अर्जुन प्रसाद उपाध्यायले बिचारलाइ सफा सुग्घर बनाउने सन्देशस्वरुप काँइयो र नङकट पुरस्कार दिनुभएको थियो। साथै मेष इन्चार्ज ऋषिराम बिकले प्रथम हुने खेलाडिलाइ ५० दिराम इनाम राख्नुभएको थियोे ।
दुबई
यस्तै, युएई नेपाली एकता समाज केन्द्रीय समिति र महिला विभाग केन्द्रीय समितिको संयुक्त आयोजनामा दुबईको पार्कमा नेपाली समुदायबीच पनि शुभकामना आदान प्रदान गरिएको छ ।
युएई नेपाली एकता समाज महिला विभागकी केन्द्रीय अध्यक्ष बिनु केसीको अध्यक्षता र केन्द्रीय सदस्य निरु शर्माको सञ्चालनमा अगाडि बढेको कार्यक्रममा मिना घिमिरेले स्वागत गर्नुभएको थियोे ।
कार्यक्रमका प्रमुख अतिथी युएई नेपाली एकता समाजका केन्द्रीय सचिव केपी विरहीले स्थापना कालदेखिनै एकता समाजले नेपाली मजदुर दाजुभाइ दिदि बहिनीहरुको सुख दुख, पिर मर्कामा साथ दिँदै आइरहेको उल्लेख गर्दै एकता समाजको झन्डा मुनि गोलबन्द हुन आव्हान गर्नुभयो ।
कार्यक्रममा रक्तिम विभाग इन्चार्ज राम अविरल, दुबई क्षेत्रीय अध्यक्ष बिरु सुनार, महिला विभागकी जानका खनाल, अलकुज एरिया समितिका सल्लाहकार रोम थापा, सैना मैना सेवा समाजका अध्यक्ष केशव ढकाल, कपिलवस्तु सेवा समाजबाट श्रीमती शकुन्तला आचार्य, रामप्रसाद पान्डेलगायतले शुभकामना दिनुभएको थियोे ।